युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २, २०७९
|
|
२० पटक हेरिएको
Shares
युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

सारांश

  • काठमाडौँ ।
  • आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको हो ।

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो ।

युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे । कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौकाको मद्धतमा ९४ रनको योगदान दिएका हुन ।

त्यस्तै यूएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए । सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजबंशी र सोमपाल कामीले समान एक ÷एक विकेट लिए ।

सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।

नेपाल लिग–२ का ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ नेपाल तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युद्धबाट क्षतविक्षत किसान खडेरीको चपेटामा !
युद्धबाट क्षतविक्षत किसान खडेरीको चपेटामा !
वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक
वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै
सरकारी  निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
काेराेना भाइरस : स्थानीय तहमा दु्रत प्रतिकार्य टोली गठन
काेराेना भाइरस : स्थानीय तहमा दु्रत प्रतिकार्य टोली गठन
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै

तपाईंले छुटाउनुभयो कि?