सामूहिक बलात्कार प्रकरण: युवतिले लिइन दुइजनाकाे नाम
सारांश
- काठमाडाै, १५ भदाै।
- कञ्चनपुरमा बिहीबार राति भएको सामूहिक बलात्कारबाट पीडित किशोरीलाई स्थानीयले जब्दा भन्ने स्थानबाट उद्दार गरेको खुलेको छ।
- प्रहरीको प्रारम्भिक अनुसन्धानमा पीडित युवतीलाई चार जना युवाले फोन गरेर बोलाएको खुलासा भएको छ।
काठमाडाै, १५ भदाै। कञ्चनपुरमा बिहीबार राति भएको सामूहिक बलात्कारबाट पीडित किशोरीलाई स्थानीयले जब्दा भन्ने स्थानबाट उद्दार गरेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पीडित युवतीलाई चार जना युवाले फोन गरेर बोलाएको खुलासा भएको छ।
घरको पूजा मण्डपमा नाचगान गरिरहेकी ती किशोरी रोडमा आएपछि मोटरसाइकलमा आएका ४ जनाले जर्वजस्र्ती उठाएर लगेका थिए। स्थानीयले युवतीको खोजतलास गरेका थिए।
पीडित किशोरीले आफूलाई जनक खड्काले करणी गरेको बयान दिएकी छन्। उनले प्रहरीलाई बताए अनुसार आफूलाई लैजाने दुई जनामा जनक खड्का र भानु बिष्ट रहेको बताएकी छन्। अन्य दुईको हुलिया बताए पनि किशोरीले पहिचान खुलाउन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा पुगेर विवरण लिनुका साथै किशोरीको स्वास्थ्य जाँच गराएर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया