६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए

Author Author
|
सोमबार, माघ १२, २०८२
|
|
६१ पटक हेरिएको
Shares
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए

सारांश

  • काठमाडौं ।
  • चालु आर्थिक वर्षको पहिलो छ महिनामा १२ लाख ५२ हजार थान स्मार्टफोन आयात भएका छन्, जसको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँँ रहेको छ ।
  • भन्सार मूल्यमा नेपाली बजारमा हुने बिक्री मूल्य थपिँदा मोबाइलको खुद्रा मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि हुने गरेको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा १२ लाख ५२ हजार थान स्मार्टफोन आयात भएका छन्, जसको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँँ रहेको छ । भन्सार मूल्यमा नेपाली बजारमा हुने बिक्री मूल्य थपिँदा मोबाइलको खुद्रा मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि हुने गरेको छ । यही मूल्य वृद्धिका कारण मात्रै करिब ९ अर्ब ३१ करोड रुपैयाँँ थप भई कुल कारोबार ३२ अर्ब ६१ करोड रुपैयाँँ बराबरको मोबाइल कारोबार भएको छ । यस अवधिमा राज्यले मोबाइल आयातबाट मात्रै करिब ४ अर्ब ३४ करोड रुपैयाँँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वषको पहिलो छ महिनामा भने ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएका थिए। त्यसबेला मोबाइलको भन्सार मूल्य १६ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो। बजारमा बिक्री हुँदा थप करिब ६ अर्ब ६८ करोड रुपैयाँ जोडिएर कुल कारोबार २३ अर्ब ३९ करोड पुगेको थियो ।

तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षको पहिलो छ महिनामा मोबाइल बजार करिब ३९ प्रतिशतले विस्तार भएको छ । नेपालमा स्मार्टफोनको प्रयोग र खपत निरन्तर बढ्दै जाँदा मासिक रूपमा मोबाइल आयातसमेत वृद्धि हुँदै गएको देखिन्छ ।नेपाल भित्रिने मोबाइलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। आयातकर्ताले मोबाइल आयात गर्दा कुल १८.६५ प्रतिशत राजस्व सरकारलाई तिर्नुपर्ने हुन्छ । त्यसैगरी आयातकर्ता र बिक्रेताको करिब ५.५ प्रतिशत मार्जिन, होलसेल र रिटेल तहमा थपिने नाफा जोडिँदै जाँदा उपभोक्तासम्म पुग्दा मोबाइलको मूल्य आयात मूल्यभन्दा करिब ४० प्रतिशतसम्म महँगो पर्ने गरेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोड ९७ लाख बजेट प्रस्तुत
कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोड ९७ लाख बजेट प्रस्तुत
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै
राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
कांग्रेसको प्रवक्तामा  विश्वप्रकाश शर्मा
कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा
स्कूलमा प्राचीन मुद्रा प्रदर्शन
स्कूलमा प्राचीन मुद्रा प्रदर्शन
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा
रत्न पत्थर उद्योग समस्यामा
रत्न पत्थर उद्योग समस्यामा

तपाईंले छुटाउनुभयो कि?