बढ्दै ठमेलको रौनक , अव २४ सै घण्टा खुलाउने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बढ्दै ठमेलको रौनक , अव २४ सै घण्टा खुलाउने तयारी

सारांश

  • काठमाडौं ।
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले ठमेल क्षेत्र अब २४ सै घण्टा खुल्ला गर्ने तयारी भएको बताएका छन् ।
  • ३९ औं विश्व पर्यटन दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषदले आयोजना गरेको ‘ठमेल सडक महोत्सव’मा मन्त्री अधिकारीले ठमेल पर्यटन हव भएको कारण २४ सै घण्टा खोल्ने तयारी भएको बताएका हुन् ।

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले ठमेल क्षेत्र अब २४ सै घण्टा खुल्ला गर्ने तयारी भएको बताएका छन् । ३९ औं विश्व पर्यटन दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषदले आयोजना गरेको ‘ठमेल सडक महोत्सव’मा मन्त्री अधिकारीले ठमेल पर्यटन हव भएको कारण २४ सै घण्टा खोल्ने तयारी भएको बताएका हुन् ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अहिले दैनिक २२ घण्टा खुलाउन सफल भएको भन्दैे अव चांडै २४ घण्टा सन्चालनमा ल्याउने तयारी भएकोले पर्यटकहरु विमानस्थलबाट सिधै ठमेल आउने भएकाले २४ घण्टा सेवा सुविधा दिन ठमेल खुल्ला राख्नु पर्ने उनको भनाई थियो ।

ठमेललाई २४ घण्टा चल्ने पुर्वाधारको विकास गर्नुपर्नमा उनको जोड थियो । कार्यक्रममा ठमेल पर्यटन परिषदका अध्यक्ष समिर गुरुङले ठमेललाई विश्व मै परिचित गराउन सरकारले ठमेललाई कल्चरल पर्यटनको रुपमा विकास गराउने सरकारी स्तरबाटै सहयोग गर्नु पर्ने बताए ।

महोत्सवमा नेपालका जनजाति समुदायको सांस्कृतिक नृत्य, झांकी प्रस्तुत गरिएको थियो । चर्चित ‘डिजे’का मनोरञ्जनात्मक कार्यक्रमले ठमेलको रौनकता बढाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
झण्डै चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा योजनामा
झण्डै चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा योजनामा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
दोस्रो व्यापारिक केन्द्रमा छैन सार्वजनिक शौचालय
दोस्रो व्यापारिक केन्द्रमा छैन सार्वजनिक शौचालय
डेरी खुलेपछि दलित समुदायले दूध बेच्न पाए
डेरी खुलेपछि दलित समुदायले दूध बेच्न पाए
राष्ट्रपति भवन नै  कानुनविपरीत निर्माण
राष्ट्रपति भवन नै कानुनविपरीत निर्माण
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्याउन माग
मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्याउन माग