हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष

सारांश

  • हेटाैंडा।
  • हेटौँडा अस्पतालले   कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ।
  •  वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ।

हेटाैंडा। हेटौँडा अस्पतालले   कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ।  वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ।

 सो भाइरसका लक्षण देखिएका विरामी आएमा  छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिए।

सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएकोे छ।  अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन्।

सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन। भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ। अस्पतालले उपचारका लागि आउने बिरामीलाई सो भाइरससम्बन्धी सचेतना समेत गराइराखेको छ।

यसैबीच प्रदेशको स्वास्थ्य निर्देशनालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी तथा भाइरस फैलिएमा नियन्त्रणका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरेको छ।
प्रत्याभूति गराएका छौं : मन्त्री जम्कट्टेल
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई सक्षम गराउने लक्ष्य लिएको बताएका छन्। हेटौँडा उपमहानगरपालिका–१४ मयुरधापमा अस्थायी प्रहरी चौकीको उद्घाटन गर्दै उनले नागरिकलाई सक्षम बनाउन सुरक्षाको प्रत्याभूति आवश्यक पर्ने उल्लेख गरे।
वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरलगायतले सुरक्षाको प्रत्याभूति भएमा मात्र समाज सिर्जनशील हुने धारणा राखे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्याविरुद्ध अन्तिम बलमा नेपालको सनसनी जित
केन्याविरुद्ध अन्तिम बलमा नेपालको सनसनी जित
कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस् !
कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस् !
योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ
योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ
जथाभावी गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु, १३ जना घाइते
जथाभावी गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु, १३ जना घाइते
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह
सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
कैलाली क्षेत्र नं. २ मा मतगणना शुरु
कैलाली क्षेत्र नं. २ मा मतगणना शुरु

तपाईंले छुटाउनुभयो कि?