श्री कालिका युवा क्लबको दशैं विशेष कार्यक्रम आयोजना हुँदै
सारांश
- काठमाडौं ।
- प्रत्येक वर्ष झैं यो वर्ष पनि श्री कालिका युवा क्लबले दशैंको अवसर पारेर राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दमदार प्रस्तुतीसँगै शुभकामना आदान–प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
- कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विगत ८ वर्ष यतादेखि श्री कालिका युवा क्लबले गण्डकी गाउँपालिका– ४ फुजेल, गोरखामा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।
काठमाडौं । प्रत्येक वर्ष झैं यो वर्ष पनि श्री कालिका युवा क्लबले दशैंको अवसर पारेर राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दमदार प्रस्तुतीसँगै शुभकामना आदान–प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विगत ८ वर्ष यतादेखि श्री कालिका युवा क्लबले गण्डकी गाउँपालिका– ४ फुजेल, गोरखामा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रम असोज १० गते वडास्तरीय भलिबल प्रतियोगिता र ११ गते बृहत साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।
कार्यक्रममा चर्चित हास्यकलाकार दिनेश काफ्ले, गायक प्रेम अर्याल, रबिन लामिछाने, कृष्ण लामिछाने, कल्पना गुरुङ, विवश अर्याल र मोडल सरिना लामाको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।
कार्यक्रम गोरखा, फुजेल–१, ढाबे क्लबको प्राङगणमा नै सञ्चालन हुनेछ ।
प्रतिक्रिया