जनमत गुमाइसकेको सरकार देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा : ओली
सारांश
- काठमाडौं, १६ पुस ।
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको सरकारले सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा रहेको बताएका छन् ।
- अंग्रेजी नयाँ वर्षको अवसर पारेर अध्यक्ष शर्मा ओलीले १ जनवरी २०१८ को मितिमा जारी गरेको विज्ञप्तिमा त्यस्तो आरोप लगाइएको छ ।
काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको सरकारले सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा रहेको बताएका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर अध्यक्ष शर्मा ओलीले १ जनवरी २०१८ को मितिमा जारी गरेको विज्ञप्तिमा त्यस्तो आरोप लगाइएको छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :
अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा स्वदेश तथा विदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सन २०१७ लाई बिदा गरेर आजको बिहानीबाट हामी सन् २०१८ मा प्रवेश गरेका छौं । समयको आफ्नै चक्रअनुसार सम्बतहरु फेरिने क्रम जारी नै रहन्छ । तथापि कुनै वर्षहरु यति धेरै महत्वका हुन्छन्, जसले आम नेपालीको राजनीतिक, सामाजिक तथा व्यक्तिगत जीवनमा समेत अमिट छाप छाडेर जान्छन् । सन् २०१७ नेपालीका लागि त्यस्तै एउटा महत्वको वर्ष बनेर बिदा भएको छ ।
खासगरी संविधान कार्यान्वयनको मूल कडीको रुपमा रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचन यसै वर्ष सम्पन्न भए, जसले लामो समयदेखि नेपाली राजनीतिमा जारी रहेको संक्रमणकाललाई मुलतः समाप्त पारेका छन् । यी निर्वाचनको सफलतासँगै नेपाली जनताले बर्षौदेखि प्रतीक्षा गरेको विकास र समृद्धिको सपना अब प्राप्ति हुने मार्गतिर हामी डोरिएका छौं ।
सन् २०१७ मा नेपालको न्यायपालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्राउन असफल प्रयास पनि भए ।
नेपाल लामो समयसम्म अस्थिर राजनीतिको चपेटामा पर्यो । देशका सबै अवयवहरुमा प्रत्यक्ष–अप्रत्यक्षरुपमा यसको असर पर्यो, जसले गर्दा प्राकृतिक र मानव श्रोतसाधनमा सम्पन्न हुँदाहुँदै नेपाल पछाडि पर्यो ।
नेपालीहरु गरिब भए तर अब यो अवस्था लामो समयसम्म रहँदैन । देशलाई स्थिरता र विकासतर्फ लैजानकै लागि हामीले वामपन्थी गठबन्धन निर्माण गरेर चुनावमा होमियौं । जनताले हामीलाई स्थिरता र विकासको मार्गमा देशलाई अगाडि बढाउने विश्वाससहित स्पष्ट बहुमत पनि दिएका छन् ।
त्यस कारण अब निकट भविष्यमा बन्ने नयाँ सरकारले देशमा विकास र समृद्धिको महाअभियान सुरु गर्नेछ । त्यसकारण सन् २०१८ नेपालमा समृद्धि र विकासको महाअभियानको प्रारम्भ बर्ष हुने छ ।
निर्वाचन मार्फत वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपनि जनमत गुमाइसकेको वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा छ ।
देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जे जस्तो प्रयास भइरहेको छ, त्यो हामीलाई सह्य छैन । देश विकासको महाअभियानमा अवरोध नगर्न हामी सबैलाई आग्रह गर्दछौं ।
अन्त्यमा, नयाँ बर्ष २०१८ को पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मिति : १ जनवरी २०१८
केपी शर्मा ओली
अध्यक्ष
नेकपा एमाले
Khagen Rai Khagen Khagendrarai
ए के सारो हतार गरेको सत्ता मा जान ।केहि प्राबिधिक कुरा हरु मिलाउन पर्ने होला ।तेस्तो कुरा गर्छ सबै ।।गयेर चै के चाहिँ लछार्पातो लाउने बिचार गरेछ ।k p ji le.
Puskar Lama
पागल कुराे
Bhim Bohara Bohara
Laj sarm bha po laj
sarm gumai sakeko haruwa sarkar
Mohan Kc
हो ।लाज नभयको सरकार जनमत गुमाएपछि पनी कति लेप्सोलाग्यको होला लिसो जस्तो ।।
Man Bahadur Bista
टुकके नेता