गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

सारांश

  • काठमाडौं।
  • गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।
  • अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको हो।

काठमाडौं। गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको हो। देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुतामाथि आँच आउने काम गरेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाकाले जनाएको छ। थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ।

तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो ।

उक्त गीतमा, धुम्रपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै चर्को आलोचना पनि भइरहेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?