भावी प्रधानमन्त्री मै हुँ, भाेट दिनुस् : देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
भावी प्रधानमन्त्री मै हुँ, भाेट दिनुस् : देउवा

सारांश

  • प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले चुनाव जिते  भावी प्रधानमन्त्री आफै भएको दावी गरेका छन् ।
  • प्रेस युनियनले धनगढीमा बिहीबार बिहान गरेको पत्रकार सम्मेलनमा देउवाले कांग्रेसले चुनाव जिते आफू फेरी  प्रधानमन्त्री बन्ने बताउँदै भाेट दिन अाग्रह गरे ।
  • उनले भने, ‘कांग्रेसले जिते फेरी म प्रधानमन्त्री बन्छु ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले चुनाव जिते  भावी प्रधानमन्त्री आफै भएको दावी गरेका छन् । प्रेस युनियनले धनगढीमा बिहीबार बिहान गरेको पत्रकार सम्मेलनमा देउवाले कांग्रेसले चुनाव जिते आफू फेरी  प्रधानमन्त्री बन्ने बताउँदै भाेट दिन अाग्रह गरे ।

उनले भने, ‘कांग्रेसले जिते फेरी म प्रधानमन्त्री बन्छु । सुदूरपश्चिममा अरु कुनै पनि पार्टीबाट प्रधानमन्त्री बन्नेवाला छैन । प्रधानमन्त्री बन्ने त मै हुँ नि । तपाईले मसँग झगडा गर्न सक्नुहुन्छ, मेरो बिरोध गर्न सक्नुहुन्छ । मलाई भेटेर आफ्ना कुरा राख्न सक्नुहुन्छ । त्यसैले यो क्षेत्रबाट काँग्रेसलाई विजयी गराउन आग्रह गर्छु ।’

सुदूरपश्चिममा ठूला राजमार्गका २२ वटा पुल र ठूल्ठूला सडक आफैले बनाएको दावी गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसबाहेक अरुले यस क्षेत्रको विकास गर्न नसक्ने बताए । एमाले अध्यक्ष केपी ओलीले देउवा काँग्रेसको अन्तिम प्रधानमन्त्री भनेर गरेको टीप्पणीप्रति संकेत गर्दै देउवाले भने–‘मलाई ज्योतिषीले अमmै २ पटक प्रधानमन्त्री बन्छ भनेका छन् ।’

सुदूरपश्चिममा काँग्रेसले बहुमत भन्दा बढी सिट ल्याउने दावी देउवाले गरेका छन् । वाम गठबन्धनका कारण मुलुकमा डर, त्रास फैलिएको र मान्छे डराएका देउवाको भनाई थियो । वाम गठबन्धनले बहुमत ल्याउन नसक्ने दावी देउवाले गरे । प्रधानमन्त्री देउवाले पञ्चेश्वर जलविद्युत आयोजना बन्ने निश्चित भएको उल्लेख गर्दै पश्चिम सेती जलवद्युत आयोजनालाई अगाडि बढाउनका लागि पनि सरकारले निरन्तर पहल गरिरहेको बताए । चुनावका लागि सुरक्षाको राम्रो प्रबन्ध गरिएकाले निर्धक्कसंग मतदान गर्नसमेत उनले मतदातालाई आह्वान गरेका छन् ।

सरकारले निर्वाचन सुरक्षासंगै उम्मेदवारको सुरक्षामा पनि उत्तीकै ध्यान दिएको देउवाको भनाई थियो । बुधबारदेखि धनगढीमा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका देउवा चुनावी कार्यक्रमका लागि विहिबार गृहजिल्ला डडेल्धुरा गएका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    तलाई भाेट हैन लात दिनुपर्ने हो

    Comment Author

    Babu Ram Paudel

    tero rukh dhalo ab patta saf hudai x

    Comment Author

    Hatar Chha Malai

    deya prdha mantari banne like xina gagan thapa bannu prxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?