रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे

सारांश

  • रोल्पा ।
  • रोल्पामा बस दुर्घटना भएको छ ।
  • रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचिमा बस दुर्घटना हुँदा ४ जनको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष भावन बहादुर घर्तीले जानकारी दिएका छन् ।

रोल्पा । रोल्पामा बस दुर्घटना भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचिमा बस दुर्घटना हुँदा ४ जनको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष भावन बहादुर घर्तीले जानकारी दिएका छन् ।

आज दिउँसो १ बजे परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहि तर्फ जादै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग सडक खण्ड अन्तर्गत रिचिमा दुर्घटना भएको हो ।

११ जना घाइते मध्ये दुई जनाको अवस्था घम्भीर रहेको घटना स्थलमै रहेका वडा अध्यक्ष घर्तीले बताए । बस सडकबाट करिब १०० मिटर तल खसेको छ । बसमा १५ जना यात्रु सवार थिए । घाइतेको उद्दार कार्य भइरहेको रोल्पा प्रहरीले जनाएको छ । पानी परेर बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?