अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
५९ पटक हेरिएको
Shares
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)

सारांश

  • काठमाडौं, माघ ५ ।
  •  यो बर्षको बहुप्रतिक्षित चलचित्र “कृ” को पर्खाई धेरैलाई छ ।
  • देशभर चलचित्रको औधि नै चर्चा छ ।

काठमाडौं, माघ ५ । यो बर्षको बहुप्रतिक्षित चलचित्र “कृ” को पर्खाई धेरैलाई छ । देशभर चलचित्रको औधि नै चर्चा छ । चलचित्रमा युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहेको हुँदा पनि चलचित्र चर्चामा हुनु स्वाभाविक मानिन्छ । करिब डेढ बर्ष पछि उनि पर्दामा आउदैछन् यसै कारण पनि चलचित्र “कृ” लाई लिएर दर्शकमाझ धेरै नै उत्सुकता छ ।

तर हालै चलचित्रको बिषयमा एउटा खुलासा भएको छ । चलचित्रको एउटा गीतको छायांकन हुन बाँकी रहेको कुरा मिडियामा आएको छ । केन्द्रबिन्दु टीबी नामक मिडियाको अन्तर्वार्तामा नायक अनमोल केसीले अब छिट्टै आफु “कृ” को नया गीतको छायांकनको लागि स्कटल्याण्ड जान लागेको बताए । यस अनुसार चलचित्र अझ बढी रोमान्चक हुने देखिन्छ ।

स्कटल्याण्डको दृश्यबाट अहिले धेरै चलचित्र निर्माण पक्ष प्रभावित भएको देखिन्छ । स्कटल्याण्डको छायांकनले पक्कै पनि चलचित्र “कृ” मा थप नया कुरा थप्ने आशा राख्न सकिन्छ ।

केहि समय अगाडी मात्र निर्देशक मिलन चाम्सद्वारा निर्देशित अर्को बहुप्रतिक्षित चलचित्र “लिलिबिली” को पनि छायांकन स्कटल्याण्डमा नै भएर नेपाल आएको थियो । अनि त्यसपछि अहिले चलचित्र “कृ” पनि स्कटल्याण्ड जादैछ । चलचित्रको “लिलिबिली” को पहिलो गीत पनि सार्वजनिक भईसकेको छ जसमा स्कटल्याण्डको रमणीय र लोभ लाग्दा दृश्यहरुको मिश्रण रहेको छ ।

गीतले यति बेला ११ लाख माथिको भियुज पनि प्राप्त गरिसकेको छ र गीत यति बेला युटुबको ट्रेनडीङ १ मा समेत पर्न सफल भएको छ । यसरी “लिलिबिली” पछि छायांकनको लागि स्कटल्याण्ड जान लागेको “कृ” दोस्रो चलचित्र हो । एक हिसाबले हेर्ने हो भने कृ ले लिलिबिली लाई पछ्याएको पनि देखिन्छ ।

तर राम्रो कामको लागि कुनै एक नेपाली चलचित्रले अर्को चलचित्रलाई पछ्याउनु राम्रो पनि हो । तर नेपालीहरुले अवश्य पनि केहि नया नै हेर्न खोजेको हुन्छन । त्यसकारण देखासिकी र पछ्याउदा पनि अरु भन्दा फरक र नया कुरा पेश गर्न सक्यो भने चाही पक्कै पनि यो नेपाली चलचित्र क्षेत्र र नेपाली दर्शकहरुको लागि पनि उत्कृष्ट काम साबित हुनेछ ।

यस बिषयमा नेपाली चलचित्र निर्माण पक्षले अवश्य पनि ध्यान दिनु जरुरी छ किन भने नेपाली दर्शकहरुले कस्तो हेर्न चाहेका छन् र कसरी दर्शकहरुको मन खुशी पार्न सकिन्छ भन्ने कुराको नेपाली चलचित्र सफल हुनुको ठुलो कारण हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
बिम्स्टेकः पाहुनालाई सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास !
बिम्स्टेकः पाहुनालाई सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास !
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु २ घाइते, फोटो फिचर
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु २ घाइते, फोटो फिचर
भरतपुर अस्पताल बहिरङ्ग सेवा ः डाक्टर भेट्न चारदिन
भरतपुर अस्पताल बहिरङ्ग सेवा ः डाक्टर भेट्न चारदिन
काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस
प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा