१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,

सारांश

  • वर्तमान विश्व फुटबलमा कसैबीच प्रतिस्पर्धात्मक तुलना गरिन्छ भने त्यो रोनाल्डो र मेस्सी नै हो ।
  • १० वर्षदेखि राज गरेका दुई हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी ।
  • मन पराउने हुन् या घृणा गर्ने उनीहरुको फुटबल कलाले सबैलाई अचम्मित पारेको छ ।

वर्तमान विश्व फुटबलमा कसैबीच प्रतिस्पर्धात्मक तुलना गरिन्छ भने त्यो रोनाल्डो र मेस्सी नै हो । १० वर्षदेखि राज गरेका दुई हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी ।

मन पराउने हुन् या घृणा गर्ने उनीहरुको फुटबल कलाले सबैलाई अचम्मित पारेको छ । यसैले फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि’ओर गएको १० वर्षदेखि उनीहरुले पाइरहेका छन् । जसमा दुवैले पाँच/पाँच पटक जितेका छन् ।

सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले बालोन डि’ओर जितेपछि मेस्सी र रोनाल्डोबाहेक बालोन डि’ओरमार्फत अर्का खेलाडी चम्किन सकेका छैनन् ।

अब विस्तारै फुटबल समर्थक नयाँ अनुहारको खोजीमा देखिन्छन् । मेस्सी र रोनाल्डोको दशकको दबदबा तोडिने गरी नयाँ खेलाडीहरु देखिन पनि थालेका छन् ।

विश्व फुटबलमा एक छत्र राज गरेका मेस्सी र रोनाल्डो अहिले विश्वकपको तयारीमा छन् । एक अर्थमा भन्दा अर्जेन्टिना मेस्सीमा र पोर्चुगल रोनाल्डोमा धेरै नै भर परेको देखिन्छ ।

यसैले आउने फिफा वर्ष खेलाडीमा पनि उनीहरुको स्थान विश्वकपले नै तय गर्ने छ । यो वर्षको सेप्टेम्बरमा लण्डनमा हुने अवार्डमा कोही नयाँ खेलाडी उदाउलान् त ?

नेइमार (दि क्राउन प्रिन्स) – ब्राजिल

आक्रामक खेलाडी नेमार गएको सिजन विश्वमा सबैभन्दा महंगा खेलाडी बने । स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेमार विश्वको सबैभन्दा महंगो खेलाडी बनेका हुन् ।

उनी मेस्सी र रोनाल्डोकै स्तरको खेलाडी रहेको धेरैले बताउने गरेका पनि छन् । सुझबुझपूर्ण खेल, उत्कृष्ट फिनिसिङ र लोभलाग्दो खेलशैलीका कारण नेमार पूर्ण खेलाडी देखिन्छन् ।

नेमारसँग फिफा वर्ष खेलाडी बन्नका लागि चाहिने सबै गुण छ । त्यसअनुसारको मेहनत पनि गरीरहेका छन् ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा गम्भीर चोटका कारण नेमार मैदानबाहिर भए र ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग विश्वकप इतिहासकै खराब प्रदर्शन गर्‍यो । तर त्यसको दुई वर्षपछि नेमारले ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक दिलाए ।

अहिले चोटका कारण तीन महिना मैदान बाहिर रहेर फर्किएका नेमार रुसमा विश्वकप उचाल्ने ध्यान र लक्ष्यका साथ बढेका छन् ।

यसपटक ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । त्यसमा ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन नेमार एक मुख्य पिलर हुन् । नेमार मैदानमा मात्रै होइन मैदान बाहिर पनि आफ्नो टिमका लागि हौसलाका पात्र हुन् ।

मोहम्मद सलाह (द सुटिङ स्टार) – इजिप्ट

इटालीयन क्लब रोमाबाट सन् २०१७ को जुनमा इंग्लिस क्लब लिभरपुल जानुअघिसम्म सलाह अरुको नजरमा थिएनन् । त्यो बेला उनलाई राम्रो खेलाडीको रुपमा मानिएको त थियो तर यस्तो प्रभावशाली होलान् भन्ने सोचिएको थिएन ।

इजिप्टका सलाहको जादुमयी खेलका कारण लिभरपुलले पि्रमियर लिगमा राम्रो गर्न सक्यो र अर्को वर्षको च्याम्पियन्स लिग सुरक्षित गर्‍यो । यस वर्षको च्याम्पियन्स लिगमा पनि फाइनलसम्म पुग्यो ।

जर्गेन क्लोप्पको प्रशिक्षणमा उनले आˆनो पूर्ण फिनिसिङसहितको खेल कौशल प्रदर्शन गरे । उनी भर्खरै सकिएको सिजनमा प्रिमियर लिगको सर्वाधिक गोलकर्ता हुन् । उनले ३६ खेलमा ३२ गोल गरे ।

इंग्ल्याण्डमा उनले यो सिजनमा प्रायः सबै व्यक्तिगत उपाधिमा आफ्नो नाम लेखाए । उनले क्लबमा मात्रै होइन राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि उस्तै प्रदर्शन गर्दै आएका छन् ।

सलाहकै महत्वपूर्ण खेलको बलमा इजिप्टले २८ वर्षपछि फेरि विश्वकपमा स्थान बनाएको छ । अब उनी रुसमा आˆनो सुन्दर खेल कौशलबाट विश्वलाई चकित पार्ने लाइनमा छन् ।

च्याम्पियन्स लिग फाइनलको क्रममा चोटग्रस्त भएका सालह प्रशिक्षणमा फर्किएका छन् । रुसमा गर्ने खेल प्रदर्शनले सलाहलाई फिफा वर्ष खेलाडीको दौडमा अघि लैजाने छ ।

मोहम्मद सलाहबिना इजिप्ट टोली अपूरो छ । इजिप्ट यसपटक स्टार खेलाडी सलाहकै कारण पनि विशेष चर्चामा छ ।
अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ । त्यसका लागि भरोसाको केन्द्रमा छन् उनै सलाह ।

केविन डी ब्रायन (द एसिस्टिङ किङ) – बेल्जियम

बेल्जियमका इडन हर्जाड जस्तै आकर्षक खेल खेल्छन् डी ब्रायन । अझ उनमा गोलका लागि सहयोग गर्ने कला हर्जाडमा भन्दा सुन्दर देखिन्छ । जसले आफ्नो सहयोगमा धेरै गोल गराए र टिमलाई ऐतिहासिक उपलब्धीमा पुर्‍याए ।

केविन डी ब्रायनलाई गोलका लागि सहयोग गर्ने सफल खेलाडीको रुपमा चिन्ने गरिन्छ । उनकै सहयोगमा धेरै खेलाडीले आˆनो नाममा गोल लेखाए ।

म्यानचेस्टर सिटीले भर्खरै सकिएको सिजनमा इतिहासमै सबैभन्दा धेरै अंकसहित पि्रमियर लिगको उपाधि उचाल्यो । जसमा डी ब्रायनको खेल क्षमता झनै चम्कियो । उनले सिटीका लागि ५२ खेलमा १२ गोल गरे र २१ गोलका लागि अवसर सिर्जना गरे ।

यस्तै बेल्जियमले विश्वकपको यात्रा तय गर्ने क्रममा पनि उनको भूमिका निकै महत्वपूर्ण देखियो । उनले टिमका साथी खेलाडीलाई गोलका लागि अवसर बनाए र फुटबललाई यस्तो उत्कृष्ट रुपमा खेल्न सकिन्छ भन्ने देखाए ।

यदी विश्वकपमा बेल्जियमले आफूलाई डार्क हर्सको रुपमा स्थापित गर्न सक्यो भने डी ब्रायनको नाम यो वर्षको फिफा वर्ष खेलाडीको सूचिमा सबैभन्दा माथि हुनेछ ।

हृयारी केन (द मास्टर अफ अण्डरस्टेटमेन्ट) – इंग्ल्याण्ड

हृयारी केन फुटबलका उदाउँदा स्टार हुन् । विश्वकपमा इंग्ल्याण्ड टिमका कप्तानी सम्हाल्न लागेका उनले इंग्लिस पि्रमियर लिगमार्फत नै आफ्नो खुबी देखाएका हुन् ।

उनलाई सन् १९९६ को फिफा वर्ष खेलाडीको सूचिमा तेस्रो स्थानमा आएका एलन शिएररसँग पनि तुलना गरिन्छ ।  २४ वर्षका केन कडा मेहनत गर्छन, अनुशासित व्यवहार देखाउँछन् । समयको महत्ज र कुरा बुझ्ने उनको क्षमता राम्रो छ ।

उनकै बलमा टोटनहृयामले पि्रमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको मुखैमा आएर ठूलो विश्वाससहित कप्तानको जिम्मा केनलाई थमाएबाट उनी उनको महत्व प्रष्ट हुन्छ ।

उनले सन् २०१७/१८ मा टोटनहृयामबाट ४४ खेल खेल्दै ३७ गोल गरेका थिए । उनी सन् २०१५ बाट इंग्ल्याण्ड टिममा छन् । जसमा २४ खेलमा १३ गोल गरेका छन् ।

केनलाई नेमारकै स्तरको खेलाडीको रुपमा हेर्ने गरिएको छ । विश्वकपमा गर्ने प्रदर्शनले उनलाई पनि वर्ष खेलाडीको सूचिमा माथि लैजाने सम्भावना छ ।

केलियन एमबाप्पे (द योङ्ग प्रोडिजी) – फ्रान्स

१९ वर्षका एमबाप्पे रुस विश्वकपका लागि टिममा रहेका कम उमेरका खेलाडी मध्ये एक हुन् । उनलाई यो विश्वकपमा मात्रै होइन अब आउँदा अरु केही विश्वकपमा पनि हेर्न पाइने सम्भावना बलियो छ ।

कलिलो उमेरमा पनि उनको खेल क्षमता परिपक्क देखिन्छ । उनी हरेक जसो खेलमा गोल गर्न सक्ने खेलाडीका रुपमा चम्किएका छन् ।

सन् २०१७ मा फ्रान्सको राष्ट्रिय टिममा स्थान बनाएका एमबाप्पेले १५ खेलमा ४ गोल गरेका छन् । पाँच गोलका लागि अवसर बनाएका छन् ।
एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) मा पनि भरपर्दा खेलाडी हुन् । भर्खरै सकिएको सिजनमा उनले पीएसजीबाट २८ खेलमा १३ गोल गरे र ८ गोलका लागि अवसर बनाए । सबै गरेर गएको वर्ष पीएसजीबाट खेलेका ४६ खेलमा उनले २१ गोल गरेका छन् । साथै १६ गोलका लागि अवसर बनाएका छन् ।

एमबाप्पेले मोनाकोमा रहँदा पनि लिग वान र च्याम्पियन्स लिग दुवैमा आफूलाई प्रमाणित गरेका थिए । रुस विश्वकपमा पनि उनीमाथि फ्रान्स टिमको ठूलो भरोसा छ । त्यसले नै उनको अर्को उचाइ पुग्ने बाटो तय गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग
प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग
गुर्जा जोड्ने सडक निर्माण सुरु
गुर्जा जोड्ने सडक निर्माण सुरु
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
भातृ संगठनहरुको महाधिवेशन गराउन देउवाले गठन गरे निर्देशन समिति (नामावलीसहित)
भातृ संगठनहरुको महाधिवेशन गराउन देउवाले गठन गरे निर्देशन समिति (नामावलीसहित)
हुण्डीको कारोबार गर्नेहरु रकमसहित पक्राउ
हुण्डीको कारोबार गर्नेहरु रकमसहित पक्राउ
महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना

तपाईंले छुटाउनुभयो कि?