माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
१९ पटक हेरिएको
Shares
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !

सारांश

  • काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन्।
  • मंगलबार बिहान प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा देउवाले जिम्मेवारी खोस्ने चेतावनी दिएका थिए।
  • यद्यपी माओवादी मन्त्रीले राजीनामाको तयारी गरेका भए पनि निर्वाचन आयोगबाट देउवाले चुनाव सार्ने योजना बनाएको सूचना पाएको भन्दै माओवादीका सबै मन्त्रीको राजीनामा रोकिएको थियो।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन्। मंगलबार बिहान प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा देउवाले जिम्मेवारी खोस्ने चेतावनी दिएका थिए।

यद्यपी माओवादी मन्त्रीले राजीनामाको तयारी गरेका भए पनि निर्वाचन आयोगबाट देउवाले चुनाव सार्ने योजना बनाएको सूचना पाएको भन्दै माओवादीका सबै मन्त्रीको राजीनामा रोकिएको थियो।


सत्तारुढ माओवादीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेसँग गठबन्धन गर्ने निर्णय गरेपछि रुष्ट बनेका देउवाले यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा लगिसकेका छन्।

शनिबार साँझ राप्रपा अध्यक्ष कमल थापासहित चार मन्त्री र चार राज्यमन्त्रीले सपथ लिएका थिए। थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएको थियो भने अन्य मन्त्री बिना बिभागीय थिए। माओवादी मन्त्रीलाई बिना विभागीय बनाएपछि राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?