एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा
सारांश
- काठमाडौं ।
- अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ४ दलले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
- मंगलबार नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन्।
काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ४ दलले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन्।
‘हस्तक्षेपकारी एमसीसी परियोजना जन संघर्षको बलमा खारेजी गर्न आम देशभक्त नेपाली जनतालाई सडकमा उत्रिन अपिल गर्दछौं, वक्तव्यमा भनिएको छ। ‘
गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको छ ।
अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।
प्रतिक्रिया