को-को कहाँ बाट बिजयी भए ? ताजा पारीणाम !
सारांश
- 9.
- दार्चुलाको लेकम गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ।
- वडा अध्यक्षमा कांग्रेसका दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए।
9. दार्चुलाको लेकम गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा कांग्रेसका दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए।
8. दाङमा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
7. बाजुराको बडिमालिका गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानलै विजयी ।
6. रोल्पा जिल्लाबाट कांग्रेसले खाता खोल्यो । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी । निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत । माओवादीका खुशलसिंह विकको १९९ मत ।
5. बझाङको मस्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल ।
4. बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमाले विजयी
3. बाजुरा बडिमालिका नगरपालिका वडा नं. १ को मत गणना सकियो ,नेपाली कांग्रेसका रामबहादुर कार्की वडा अध्यक्षमा विजयी
2. नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेस प्यानल विजयी
1. बझाङमा एमाले र माओवादीका वडाअध्यक्ष निर्वाचित बझाङ : बझाङको काँडा गाउँपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका गोपाल बोहरा सहितको प्यानल विजयी भएको छ । त्यस्तै थलारा गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका धर्मराज भट्टको प्यानल विजयी भएको छ।
प्रतिक्रिया