१ लाख ३२ हजार जना मान्छे अदालत छल्दै फरार

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
१ लाख ३२ हजार जना मान्छे अदालत छल्दै फरार

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालत मातहतका देशभरका अदालतबाट फैसला भएका मुद्दामा १ लाख ३२ हजार जना फरार छन् ।
  • विभिन्न हत्या, बलात्कार, अपहरण, लुट, ठग जस्ता फौजदारी मुद्दामा दोषी देखिएका यति धेरै मान्छे फरार भएका हुन् ।

काठमाडौं । सर्वोच्च अदालत मातहतका देशभरका अदालतबाट फैसला भएका मुद्दामा १ लाख ३२ हजार जना फरार छन् । विभिन्न हत्या, बलात्कार, अपहरण, लुट, ठग जस्ता फौजदारी मुद्दामा दोषी देखिएका यति धेरै मान्छे फरार भएका हुन् ।

आव २०७४/०७५ सम्ममा देशभरि एक लाख ३२ हजार ८ सय ११ जनाको कैद र जरिवाना असुल्न बाँकी छ । सर्वोच्चका अनुसार गत असार मसान्तसम्ममा ७७ हजार चार सय २४ थान मुद्दा फैसला भएका कार्यान्वयन हुन बाँकी छन्।

फैसला भएका मुद्दा कार्यान्वयन नहुँदा दण्डहिनता बढ्दै गएको छ । सर्वोच्चलगायत देशभरका अदालतबाट भएका मुद्दा फैसला कार्यान्वयन नहुँदा समस्या भएपछि अदालतको फैसला नटेर्नेलाई सार्वजनिक सेवाबाट वञ्चित गर्ने नियम ल्याइएको छ ।

सर्वोच्च अदालतले यस वर्षलाई फैसला कार्यान्वयनको वर्ष घोषणा गरेको छ। मुद्दामा दोषी भएकालाई सार्वजनिक सेवाबाट बन्चित गर्दै फैसला कार्यान्वयनलाई तीव्र पारिने फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी मुद्दाको चाप रहेको काठमाडौं जिल्ला अदालतले विभिन्न सेवा प्रदायक संस्थासँग अन्तरक्रिया गरिसकेको छ ।

सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्दा मुद्दामा सजाय नभोगेसम्म परिचयपत्र नदिनसमेत अदालतले पत्राचार गरेको छ। अदालतको फैसला नटेर्नेका लागि सरकारले दिने सेवा रोक्ने बाटो कानुनले खोलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?