६ सर्त अघि सार्दै नयाँ शक्ति पार्टी:के के छ त सर्त?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
३१२ पटक हेरिएको
Shares
६ सर्त अघि सार्दै नयाँ शक्ति पार्टी:के के छ त सर्त?

सारांश

  • बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले चुनाव नगर्नका लागि सरकारले मिति घोषणा गरेको दाबी गरेको छ ।
  • साथै उसले चुनावका लागि ६ सर्त अघि सारेको छ ।
  • नयाँ शक्ति नेपालको विशेष राजनीतिक समितिको बैठकले एक वर्षभित्र हुनुपर्ने तीन तहकै चुनावका लाथि आफू तयार रहेको बताएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले चुनाव नगर्नका लागि सरकारले मिति घोषणा गरेको दाबी गरेको छ । साथै उसले चुनावका लागि ६ सर्त अघि सारेको छ ।

नयाँ शक्ति नेपालको विशेष राजनीतिक समितिको बैठकले एक वर्षभित्र हुनुपर्ने तीन तहकै चुनावका लाथि आफू तयार रहेको बताएको छ ।


संविधानको सर्वस्वीकार्यताका लागि संशोधन र यसको कार्यान्वयनका लागि संविधानले तोकेको ०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य भएको नयाँ शक्तिले जनाएको छ ।

बैठकपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्ता स्वार्थका लागि र चुनाव नगर्नका लागि घोषणा गरिएको चुनावका रुपमा यसलाई लिइएको छ ।’

नयाँ शक्ति नेपालले चुनावका लागि वार्तावरण बनाउन आग्रह गर्दै ६ शर्त अघि सारेको छ । उसले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधनलाई पहिलो शर्त बनाएको छ । साथै प्रदेशको सिमांकन विषय हल गर्दै स्थानीय तह पुनर्संरचनाको विवाद अन्त्यका साथै सर्वपक्षीय सरकार गठनलाई पनि नयाँ शक्तिले सर्तका रुपमा नै अघि सारेको छ ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति, चुनाव खर्च राज्यले व्यहोर्ने व्यवस्था हुनु पर्ने उसको अर्को माग छ । साथै नयाँ शक्ति नेपालले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?