३३ किलाे सुन प्रकरण: २८ अभियुक्तलाई एकैपटक अदालतमा पेश गरिँदै, गोरे खोइ ?
सारांश
- काठमाडौं, १९ बैशाख ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत माघ ७ गते काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तहरुलाई एकैपटक वुधवार (आज) जिल्ला अदालत मोरङमा पेस गरिँदै छ ।
- उनीहरु विभिन्न मितिमा पक्राउ परेका थिए ।
काठमाडौं, १९ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत माघ ७ गते काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तहरुलाई एकैपटक वुधवार (आज) जिल्ला अदालत मोरङमा पेस गरिँदै छ ।
उनीहरु विभिन्न मितिमा पक्राउ परेका थिए । उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती उर्फ गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन ।
अचम्म त के भने अहिलेसम्म गायब भएको सुनबारे पनि प्रहरीमा अन्योल छ ।
साढे ३३ किलो सुनकाण्डको छानबिन गर्न २० चैतमा गठन गरिएको सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको म्यादसमेत वुधवार (आज) बाटै सकिँदै छ ।
समितिकै छानबिनका आधारमा २८ जना पक्राउ परेका हुन् । तर, एकमहिने छानबिनले तस्करीको मुहान भने पहिल्याउन सकेन ।
सबैभन्दा ठूलो मतियार गोरेसमेत फरार हुनु र प्रहरी अधिकृतहरु धमाधम यो काण्डमा मुछिनुले भने यो काण्ड लहरो तान्दा पहरो थर्कने सम्भावना बढी भएको औंल्याइन्छ ।
प्रतिक्रिया