यी हुन् बेस्ट फ्रेण्ड, बलिउड सेलिब्रेटिका !
सारांश
- काठमाडाैँ, २० साउन ।
- विश्वभर फ्रेन्डशिप डे काे चहलपहल भैरहँदा सबै अाफ्ना बेस्ट फ्रेन्डलाई शुभकामना दिइरहेका छन् ।
- यहाँ केही बलिउड सेलिब्रेटिका सबैभन्दा मिल्ने साथीहरुकाे बारेमा जानकारी दिइएकाे छ जसकाे बारेमा तपाईंहरुलाई थाहा नहुन पनि सक्छ ।
काठमाडाैँ, २० साउन । विश्वभर फ्रेन्डशिप डे काे चहलपहल भैरहँदा सबै अाफ्ना बेस्ट फ्रेन्डलाई शुभकामना दिइरहेका छन् । यहाँ केही बलिउड सेलिब्रेटिका सबैभन्दा मिल्ने साथीहरुकाे बारेमा जानकारी दिइएकाे छ जसकाे बारेमा तपाईंहरुलाई थाहा नहुन पनि सक्छ ।
१ शाहरुख खान काजाेल देवगन

रिल लाइफ देखि लिएर रियल लाइफ सम्म बलिउडकाे सबैभन्दा राम्राे जाेडी मध्येकाे एक हाे शाहरुख र काजाेलकाे जाेडी । उनीहरुले धेरै फिल्ममा सँगै काम गरेका छन् । अाज पनि कुनै कार्यक्रममा उनीहरु सँगै जान्छन् त त्याे दर्शकका लागि कुनै उपहार भन्दा कम हुँदैन ।
२ सलमान खान-अामिर खान

बलिउडकाे सबैभन्दा ठूला सुपरस्टारकाे मित्रता हेर्ने हाे भने त्याे हाे दुई खानकाे जाेडी । उनीहरुकाे मित्रताकाे प्रशंसा सबैले गर्ने गर्छन् । बलिउडका सबैभन्दा सफल कलाकार नै बेस्ट फ्रेन्ड हुनु भनेकाे संयाेगकाे कुराे हाे ।
३ करीना कपूर खान- अमृता अरोड़ा

बलिउडमा अभिनेत्रीहरुका बिच हुने मन मुटावकाे बारेमा त सबैलाई थाहा छ । तर यस्ता सेलिब्रेटिहरु पनि छन् जाे लामाे समयसम्म मिल्ने साथीका रुपमा देखिन्छन् । करीना र अमृता त्यही मध्येकाे एक जाेडी हाे ।
४ कटरीना क्याफ-आलिया भट्ट

कटरीना र अालियाकाे मित्रतासँग पनि धेरै जना जानकार छन् । एकताका उनीहरुबीच रणबीर कपूरसँगकाे सम्बन्धा कारण त्यति मिलति नभएकाे भनिए पनि यतिबेला उनीहरुले मित्रताकाे राम्राे उदाहरण देखाएका छन् दुनियालाई ।
५ अर्जुन कपूर- रणवीर सिंह

गुन्डे फिल्ममा सँगै देखिएका अर्जुन र रणवीर त्यसपछिकाे समय धेरै जसाे सँगै देखिने गर्छन् । र धेरै पटक ठूलाठूला कार्यक्रम हाेस्ट पनि गरेका छन् ।
६ ज्याकलीन फर्नांडिस- सोनम कपूर

साेनम र ज्याकलिन पनि बलिउडका मिल्ने साथी हुन् । साेनमकाे विहेमा सबैभन्दा बढि रमाईलाे गर्ने पनि ज्याकलिन नै थिइन् । भने दुःखमा पनि उनीहरु सँगै हुने गर्छन् ।
७ अजय देवगन- रोहित शेट्टी

अजय र राेहितकाे मित्रतालाई बलिउडकाे सबैभन्दा गहिराे मित्रता मानिने गरिन्छ । उनीहरु करीब २५ वर्ष अघिदेखि नै मिल्ने साथी रहेका छन् । राेहित र अजयकाे सहकार्य सँधै सफल भएकाे देख्न सकिन्छ । उनीहरुले गाेलमाल सिरीज बाेल बच्चन र सिंघम जस्ता फिल्ममा सँगै काम गरेका थिए ।
८ अक्षय कुमार-जॉन अब्राहम

बलिउडका खेलाडि अक्षय र जाेन सँधै एक अर्कालाई अाफ्नाे सबैभन्दा मिल्ने साथी भन्ने गर्छन् । साथै उनीहरु एकअर्काकाे दुःख सुख दुवै क्षणमा साथ रहेकाे देख्न सकिन्छ ।
९ ऋतिक रोशन-फरहान अख्तर

ऋतिक र फरहान बाल्यकाल देखिका साथी हुन् । उनीहरु सँगै ठूला भए र करीअर पनि एकै क्षेत्रमा बनाउने साेचे । यस्ताेमा उनीहरुकाे मित्रता झन बलियाे भएकाे देख्न सकिन्छ । उनीहरु जिन्दगी ना मिलेगी दुबारा मा सँगै देखिएका छन् ।
प्रतिक्रिया