२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १३, २०७९
|
|
१६ पटक हेरिएको
Shares
२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो

सारांश

  • काठमाडौं, १३ कात्तिक ।
  • नेपालबाट २ सय ५४ जना यात्रु लिएर उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन विमानस्थलले रोकिदिएको छ ।
  • निगमको उक्त विमानलाई आइतबार र शुक्रबार पौने २ बजे दिल्लीका लागि काठमाडौंबाट हुने उडान कटौती गरेको भन्दै विमानस्थलले रोकिदिएको हो ।

काठमाडौं, १३ कात्तिक । नेपालबाट २ सय ५४ जना यात्रु लिएर उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन विमानस्थलले रोकिदिएको छ ।

निगमको उक्त विमानलाई आइतबार र शुक्रबार पौने २ बजे दिल्लीका लागि काठमाडौंबाट हुने उडान कटौती गरेको भन्दै विमानस्थलले रोकिदिएको हो ।

आजदेखि लागु हुनेगरी ५ महिनाको लागि विन्टर सेड्युलमा आइतबार र शुक्रबारको उडान प्राधिकरणले कटौती गरेको विमानस्थलले जनाएको छ । पर्याप्त यात्रु नहुने भएकोले सातै दिन हुने उडानबाट दुई दिन कटौती गरेको हो । विमानस्थलको अनुसार विमानले अनुमति नलिई यात्रु बोर्डिङ गरेको उडान रोक्न परेको हो । बोर्डिङ पास लिइसकेका आक्रोसित यात्रुले नाराबाजी गरिररहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?