घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिएसपी श्यामकुमार राईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
  • उपभोक्तासँग मुद्दा मिलादिन्छु भन्दै घुस माग्ने डिएसपी राईविरुद्ध १ लाख ४० हजार रुपैयाँ बिगो र कैद मागदाबी सहितको मुद्दा दर्ता गरिएको हो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिएसपी श्यामकुमार राईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

उपभोक्तासँग मुद्दा मिलादिन्छु भन्दै घुस माग्ने डिएसपी राईविरुद्ध १ लाख ४० हजार रुपैयाँ बिगो र कैद मागदाबी सहितको मुद्दा दर्ता गरिएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख रहेका डिएसपी राईलाई घुसमा टेलिभिजन सेटसहित नगद लिँदै गर्दा पक्रेको थियो ।

अख्तियारले राईलाई पक्राउ पछि अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दर्ता गरेको हो । राईले सेवाग्राहीसँग आफूले मुद्दा मिलाइदिने त्यसबापत सोनी कम्पनीको टेलिभिजन किनेर ल्याइदिनु भन्दै १ लाख ४० हजार रुपैयाँ नगदघुससहित एक महिना अघि अख्तियारले पक्रेको हो ।

अख्तियारका अनुसार राईलाई बिगो १ लाख ४० हजार बिगो माग दाबी गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १० अनुसार जरिवाना र कैद सजायको माग गर्दै आरोपपत्र विशेष अदालतमा बुधवार दर्ता गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?