१४५ भारतीयलाई हात खुट्टा बाँधेर फर्कायो अमेरिकाले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ६, २०७६
|
|
२० पटक हेरिएको
Shares
१४५ भारतीयलाई हात खुट्टा बाँधेर फर्कायो अमेरिकाले

सारांश

  • वैधानिक कागजपत्र विना प्रवेश गर्नेमाथि अमेरिकाले कडा नीति लिन थालेको छ ।
  • उसले मंगलबार एक सय ४५ भारतीय र २५ बँगलादेशी नागरिकलाई उनीहरुको देशमा फर्काइदिएको छ ।
  • त्यो पनि हात खुट्टा बाँधेर ।

वैधानिक कागजपत्र विना प्रवेश गर्नेमाथि अमेरिकाले कडा नीति लिन थालेको छ । उसले मंगलबार एक सय ४५ भारतीय र २५ बँगलादेशी नागरिकलाई उनीहरुको देशमा फर्काइदिएको छ । त्यो पनि हात खुट्टा बाँधेर ।

उनीहरु बुधबार विहान नयाँ दिल्लीमा उत्रिए । सुन्दर सपना देख्दै लाखौं खर्च गरेर अमेरिका पुगेका सबैको सपना चकनाचुर भयो जब उनीहरु अमेरिकी सुरक्षाकर्मीको नियन्त्रणमा परे । विभिन्न राज्यहरुमा पक्राउ परेकालाई एकै स्थानमा भेला गरी चाडर्ट विमानबाट पठाइएको थियो ।

अमेरिकाको एरिजोनाबाट उडेको चार्टड विमानमा उनीहरुलाई फर्काइएको थियो । एरिजोनाबाट एकैपटक ढाका उत्रिएको विमान २५ बँगलादेशीलाई ओरालेपछि नयाँ दिल्ली उत्रिएको थियो । भारतीय नागरिकमध्ये १४२ पुरुष र तीनजना महिना थिए । उनीहरुलाई अमेरिकाको विभिन्न प्रान्तबाट नियन्त्रणमा लिई सामूहिक रुपमा आफ्नै देश फर्काइएको थियो । २४ घन्टा लामो विमानको यात्रापछि उनीहरु भारत पुगेका थिए । कुनै वैधानिक कागजपत्र नभएका युवाहरुलाई अमेरिका सरकारले एकतर्फी फर्कन आकस्मिक प्रमाणपत्र बनाइदिएको थियो ।

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्न फर्काइएकाहरुले प्रतिव्यक्ति २५ लाख भारु सम्म तिरेका थिए । उनीहरुले दलालमार्फत् विभिन्न देशको बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए । अधिकांश१९ देखि ३१ वर्ष उमेर समूहकाहरु दक्षिण अमेरिकाका विभिन्न देश हुँदै अमेरिका पुगेका थिए । केही व्यक्ति यूरोपको बाटो हुँदै पुगेका थिए ।

अमेरिकाले भारतीय नागरिकलाई गत महिना यसैगरी चाटर्ड विमानमार्फत् फर्काइदिएको थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेप्रति कठोर छन् । उनले अमेरिका वैधानिक कागजपत्रविना प्रवेश गर्नेमाथि कडा कारबाही गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?