लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ

सारांश

  • लुम्बिनी ।
  • नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।
  • प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहनुभएकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

लुम्बिनी । नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।

प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहनुभएकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा १६८ बमोजिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनसम्बन्धी व्यवस्था छ ।

नेकपा (एमाले) संसदीय दलका नेता तथा मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई सोहीअनुसार आह्वान गर्न अनुरोध गरेको थियो ।

त्यसअघि एमाले संसदीय दलको बैठकले पनि धारा १६८ को उपधारा २ अनुरुपको सरकार निर्माण भएर विश्वासको मत गुमाएपछि स्वभाविकरुपमा उपधारा ३ अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्ने आफूहरुको दाबी रहेको एमाले प्रमुख सचेतक तुल्सी चौधरीले बताइन् । विपक्षी आठ दलले धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले परामर्श थालेका हुन् ।

प्रदेश कार्यालयका सचिव प्रह्लाद पोखरेलले प्रदेश प्रमुखबाट छिट्टै सरकार बनाउने गरी आह्वान हुने बताए । उनले भने, “प्रदेश प्रमुख कानुनी परामर्शमै हुनुहुन्छ सम्भवतः भोलिसम्ममा नयाँ सरकारका लागि आह्वान हुनसक्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने
सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने
आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
नेपाल भर्सेस यमन- 03:00 बजे सम्मको अपडेट
नेपाल भर्सेस यमन- 03:00 बजे सम्मको अपडेट
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक
विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक
यसो भने गोरखामा प्रचण्डबारे नारायणकाजीले ?
यसो भने गोरखामा प्रचण्डबारे नारायणकाजीले ?