राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्।
  • उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्।

उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइ दिनेछन्। साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ।

राष्ट्रपतिले दाइका हातबाट टीका लाउने

राष्ट्रपति पौडेलले बडा दशैं २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने भएका छन्।

राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दशैंको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएको हुन्। सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन् ।

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दशैंको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नेछन्।

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    exploreuaeonline

    Hi i think that i saw you visited my web site thus i came to Return the favore Im attempting to find things to enhance my siteI suppose its ok to use a few of your ideas

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुटानमाथि नेपालको १४१ रनको जीत
भुटानमाथि नेपालको १४१ रनको जीत
तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा वन्यजन्तु जोखिममा
तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा वन्यजन्तु जोखिममा
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
दुर्घटनामा घाइते प्राडा यादवको निधन
दुर्घटनामा घाइते प्राडा यादवको निधन
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
सुत्केरी भत्ता पाएनन्
सुत्केरी भत्ता पाएनन्
लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
स्वास्थ्य सेवा प्रभावित
स्वास्थ्य सेवा प्रभावित
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत
आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत