स्वर्गाराेहणकाे ३७ वर्ष पछि विपिलाई ‘नेपालरत्न’ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
स्वर्गाराेहणकाे ३७ वर्ष पछि विपिलाई ‘नेपालरत्न’ !

सारांश

  • काठमाडौँ, १९ भदौ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेका छन्  ।
  • गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो ।

काठमाडौँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेका छन्  । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरे । सोअनुसार ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (मरणोपरान्त) का तर्फबाट उनका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उनका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गरेका थिए।

यसैगरी महाउज्ज्वल राष्ट्रदीप विभूषण स्व शेख इद्रिस (रौतहट), स्व नोना कोइराला (मोरङ), अमिक शेरचन (चितवन), बर्मन बुढा (रोल्पा) र रामकुमारी यादव (धनुषा) ले पाए । इद्रिसका तर्फबाट मोहम्मद अफ्ताव आलम र नोनाका तर्फबाट डा शेखर कोइरालाले विभूषण ग्रहण गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उज्ज्वल कीर्तिमय राष्ट्रदीप विभूषणले विभूषित भएका थिए । कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट छ व्यक्तित्व विभूषित भएका थिए । ती विभूषण प्राप्त गर्नेमा गोपालप्रसाद पराजुली (पूर्वप्रधानन्यायाधीश), ईश्वरीप्रसाद खतिवडा (न्यायाधीश), दीप बस्न्यात (पूर्वप्रमुख आयुक्त, अदुअआ), उमेश मैनाली (अध्यक्ष, लोकसेवा आयोग), राजेन्द्र क्षत्री (प्रधानसेनापति, नेपाली सेना) र लोकदर्शन रेग्मी (मुख्य सचिव) छन्।

यसैगरी सुकीर्तिमय राष्ट्रदीप विभूषणबाट २१ व्यक्तित्व विभूषित भएका थिए । यसरी विभूषित हुनेमा नवीनकुमार घिमिरे (आयुक्त, अदुअआ), श्रीपुरुष ढकाल (सदस्य, लोकसेवा आयोग), प्रा डा तीर्थ खनियाँ (उपकुलपति, त्रिवि), प्रा डा रामकण्ठ माकाजु (उपकुलपति, काठमाडौँ विश्वविद्यालय), प्रा चिरञ्जीवी शर्मा (उपकुलपति, पोखरा विश्वविद्यालय), प्रेमकुमार राई (सचिव, गृह मन्त्रालय), महेन्द्रमान गुरुङ (सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय), दिनेशकुमार थपलिया (सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र डा ताहिर अली अन्सारी (पूर्वान्यायाधीश सर्वोच्च अदालत) छन् ।

अषेश मल्ल (कलाकार), पूर्णचन्द्र थापा रथी बलाधिकृतको कार्यालय (नेपाली सेना), प्रकाश अर्याल (पूर्वप्रहरी महानिरीक्षक, नेपाल प्रहरी), सिंहबहादुर श्रेष्ठ (पूर्वसशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल), शैलैन्द्र खनाल(सशस्त्र प्रहरी महानिरीक्षक), ईश्वर हमाल( उपरथी, नेपाली सेना), रवीन्द्र क्षत्री(मानार्थ उपरथी राष्ट्रिय सेवा दल, नेपाली सेना), यादवप्रसाद कोइराला(प्रशासकीय अधिकृत, कामपा), भेषनाराण दाहाल(महानिर्देशक,पुरातत्व विभाग), डा रामदयाल राकेश (साहित्यकार, सर्लाही) र प्रदीपकुमार राई ‘व्याकुल माईला’(साहित्यकार, ओखलढुङ्गा) छन् ।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?