जेल गएपनि सांसद हुन पाइने कस्तो नियम!
सारांश
- काठमाडौं- जेल गएपनि सांसद पद निलम्बन नहुने भन्ने नियमावली सच्चाउन आग्रह गरिएको छ ।
- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले फौजदारी अभियोग लागेपछि सांसद पद निलम्बन हुनुपर्नेमा जोड दिएको छ ।
- प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिले फौजदारी अपराधमा संलग्न भएर अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा बस्दा पनि संघीय सांसदहरुको पद निलम्बन नहुने प्रावधान सिफारिस गरेको छ ।
काठमाडौं- जेल गएपनि सांसद पद निलम्बन नहुने भन्ने नियमावली सच्चाउन आग्रह गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले फौजदारी अभियोग लागेपछि सांसद पद निलम्बन हुनुपर्नेमा जोड दिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिले फौजदारी अपराधमा संलग्न भएर अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा बस्दा पनि संघीय सांसदहरुको पद निलम्बन नहुने प्रावधान सिफारिस गरेको छ । समितिको बैठकले यस्तो प्रावधानसहितको मसौदा नियमावली संसदमा पेश गरेको हो । फौजदारी अभियोग लागेपछि निलम्बन नहुने प्रावधान त्रुटिपूर्ण भएको हुँदा टीआई नेपाल संसदमा पेश गरिएको नियमावलीबाट यस्ता प्रावधान सच्याउन आग्रह गरेको हो ।
यसअघिको व्यवस्थापिका संसदको नियमावलीमा ‘तीन वर्ष वा सो भन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियागपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेको अवधिभर त्यस्तो सदस्यलाई सभामुखले निलम्बन गर्नुपर्ने’ प्रावधान रहेको थियो ।
‘सबैखाले फौजदारी अभियोगहरुका हकमा उही नीति अवलम्बन गर्न नसक्नु संसदको ठूलो कमजोरी हो । किनभने भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कुनै सरकारी पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा त्यसको छिनोफानो नहुन्जेल त्यस्ता पदाधिकारी स्वतः निलम्बन हुने व्यवस्था छ । भ्रष्टाचार पनि फौजदारी अपराध नै हो । यो ऐनको प्रावधान र अहिले मसौदा गरी संसदमा प्रस्तुत नियमावली विरोधाभाषपूर्ण देखिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
‘फौजदारी अभियोग लागेपछि निलम्बन नहुने प्रावधान नियमावलीमा राख्दा देशको राजनीतिमा आपराधिक प्रवृत्ति मौलाउने ठहर हामीले गरेका छौं । नेपालमा भ्रष्टाचार बढ्नुको मूल कारण राजनीतिमा अपराधीकरण बढ्नु हो । चरित्रवानहरुबाट राज्य सञ्चालन हुन सकेमात्र देशमा सुशासन अभिवृद्धि हुन्छ यसका लागि संसद पनि तयार हुनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।
Shiva Aryal
Jay Congress
Shiva Aryal
Congress ko den
पदम राज गिरि
नेपालका ल्याप्चे नेताहरुकाे कम्निष्ट नियम ।
Meera Heju
धिक्कार रहेछ, यो नियमको समर्थन गर्ने सांसदहरुलाइ ,अनि धिक्कार छ हामी जनतालाइ पनि ।
Shalik Khatri
Yastai bhot dine jham ki jham.
Indira Adhikari
Kasto huti hara sansadlai jitayexa thukka
Prakash Thapa
Kanun mareyko desh…
Shyam Khatri
सानोलाइ एैन आर्सीरवा पाएकालाइ चैन यस्तै छ नेपालको कानुन दैवले जानुन ।