३३ किलाे सुन प्रकरण: ३ जनालाई जेल चलानको आदेश
सारांश
- अस्बिन खड्का, माेरङ, २५ असार ।
- सनम शाक्य र सुन तस्करी प्रकरणमा थप ३ जना पुर्पक्षकालागी जेल चलान भएका छन्।
- जिल्ला अदालत मोरङले सोमबार ३ जनालाई जेल चलानको आदेश दिए लगत्तै माेरङ जिल्ला कारागार लगिएकाे हाे ।
अस्बिन खड्का, माेरङ, २५ असार । सनम शाक्य र सुन तस्करी प्रकरणमा थप ३ जना पुर्पक्षकालागी जेल चलान भएका छन्।
जिल्ला अदालत मोरङले सोमबार ३ जनालाई जेल चलानको आदेश दिए लगत्तै माेरङ जिल्ला कारागार लगिएकाे हाे ।
रामकुमार तिवारी, लक्षुबहादुर गुरुङ र मदन सिलवाललाई अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियाे।
उनीहरुसँगै मुद्दा दायर गरिएका अन्य ३ जना धरौटीमा छुटेका छन्। धरौटीमा छुट्नेहरूमा रेवन्तकुमार आचार्य, विनोद अधिकारी र मोतीराम श्रेष्ठ रहेका छन्। आचार्यलाई १ लाख २१ हजार ५ सय तथा अधिकारी र श्रेष्ठलाई १/१ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले बताए। उनीहरुमध्ये आचार्य शाक्य हत्यामा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति हुन्।
उनले गिरोहका नाइके चूडामणी उप्रेती ‘गोरे’लाई ब्याट्री, तार उपलब्ध गराएका थिए। सोही ब्याट्रीबाट करेन्ट लगाउँदा शाक्यको मृत्यु भएको थियो। अधिकारी र श्रेष्ठ हुन्डी कारोबारमा संलग्न रहेकाे बताइएकाे छ। जेल चलान भएका ३ जना प्रत्यक्ष रुपमा सुन तस्करीमै संलग्न व्यक्तिहरु हुन्।
प्रहरीले ७ जनाविरुद्ध पूरक अभियोग दर्ता गरेको थियो। जसमध्ये सन्दीप खड्का फरार छन्।
प्रतिक्रिया