प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने

सारांश

  • काठमाडौं, २६ पुस ।
  • प्रा.
  • डा.

काठमाडौं, २६ पुस । प्रा.डा. गोविन्द केसीविरुद्ध परेको अवहेलना मुद्दाको बहस सकिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलगायतले बहस गरेका थिए ।

प्रा.डा. केसीका तर्फबाट वरिष्ठ कानुन व्यवसायी कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तनलगायतले बहस गरेका थिए ।

बहसका क्रममा डा. केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउनुपर्ने र उनीमाथि लागेको आरोपबारे बोल्न दिनुपर्ने माग गरेका थिए । फैसला केहीबेरमा आउने बताइएको छ । डा. केसीका वकिलहरुले आजै डा. केसीको रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?