३३ वर्षदेखि फरार अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ४, २०७४
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असार ४ – ३३ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् ।
  • विवाह गर्ने भन्दै भारत लगेर महिला बेच्ने नुवाकोटका रामबहादुर तामाङ पक्राउ परेका हुन् ।
  • तामाङलाई  जिल्ला अदालत धादिङले १५ वर्षको जेल सजाय सुनाएको छ ।

काठमाडौं, असार ४ – ३३ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । विवाह गर्ने भन्दै भारत लगेर महिला बेच्ने नुवाकोटका रामबहादुर तामाङ पक्राउ परेका हुन् । तामाङलाई  जिल्ला अदालत धादिङले १५ वर्षको जेल सजाय सुनाएको छ ।

वि. स. २०४८ सालमा विवाहको आश्वासन देखाएर धादिङकी एक महिलालाई उनीलगायत तीनजनाले बेचेका थिए । २०६७ सालमा उनी विरुद्ध जिउ मास्ने बेच्ने मुद्धामा धादिङ जिल्ला अदालतमा उजूरी परेको थियो । उजुरी परेदेखि उनी फरार थिए ।

शनिबार केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनलाई चितवनको खैरहनीबाट पक्राउ गरेर आइतबार धादिङ जिल्ला अदालतमा पेश गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ