३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १२, २०७९
|
|
३५ पटक हेरिएको
Shares
३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

सारांश

  • काठमाडौं।
  • गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।
  • निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ।

काठमाडौं। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ।

आयोगले वैशाख ३० गते एकसाथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो। प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो।

निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार बढी विजयी बनेका छन्।

आयोगका अनुसार कांग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फबाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरुष ( कथा)
पुरुष ( कथा)
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ?
बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ?
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
बैशाख ७ गते आइतबारको राशिफल यस्तो छ
बैशाख ७ गते आइतबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?