प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
सारांश
- १ पुस, काठमाडौं ।
- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।
- राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला वाम गठबन्धन आबद्ध दल एमाले र माओवादीका अध्यक्ष शनिबार बिहान बालुवाटार पुगेका हुन् ।
१ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला वाम गठबन्धन आबद्ध दल एमाले र माओवादीका अध्यक्ष शनिबार बिहान बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुने बताइएको छ ।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको छ ।
प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीचको वार्ता अहिले चलिरहेको छ ।रिपोर्तेर्स नेपाल बाट
प्रतिक्रिया