अविवाहित र विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता आयोजना हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
अविवाहित र विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता आयोजना हुने

सारांश

  • काठमाडौं, पुस २० ।
  • ‘पर्यटनका लागि सँगसँगै’ भन्ने मुल नाराका साथ स्टार वन इन्टरटेनमेन्ट प्रालिको राजधानीमा एकैसाथ अविवाहित र विवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
  • स्टार वन इन्टरनटेनमेटकी अध्यक्ष पूजा निरौलाले पर्यटन क्षेत्रलाई सघाउने उद्देश्यका साथ पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आगामी पुस २४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०१८ आयोजना गर्न लागिएको बताइन् ।

काठमाडौं, पुस २० । ‘पर्यटनका लागि सँगसँगै’ भन्ने मुल नाराका साथ स्टार वन इन्टरटेनमेन्ट प्रालिको राजधानीमा एकैसाथ अविवाहित र विवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

स्टार वन इन्टरनटेनमेटकी अध्यक्ष पूजा निरौलाले पर्यटन क्षेत्रलाई सघाउने उद्देश्यका साथ पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आगामी पुस २४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०१८ आयोजना गर्न लागिएको बताइन् ।

मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजमअन्र्तगत राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा ट्यालेन्ट शोको समेत आयोजना गरिएको छ ।

बोर्डको अडिटोरियम हलमा दुवै प्रतियोगिताका सम्पुर्ण प्रतियोगिहरुले आ–आपmना प्रतिभा देखाएका थिए । ट्यालेण्ट शोमा अभिनेताद्धय बिरेन्द्र हमाल र गजित बिष्ट, अभिनेत्री निश्मा घिमिरे र बर्षा राउत, राजेन्द्र लुईटेल र इभेन्ट निर्देशक सुशील चन्द निर्णायक रहेका थिए ।

यो शोबाट मिसेज नेपाल टुरिजमको मिसेस टयालेण्ट र मिस टिन टुरिजमको मिस ट्यालेण्ट छनौट गरिनेछ । मिसेस ट्यालेण्ट र मिस ट्यालेण्टको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन हुनेछ ।

मिसेस नेपाल टुरिजममा मनिशा अधिकारी, सन्तु श्रेष्ठ, सिवानी साह विष्ट, प्रतिमा केसी, गीता खनाल, तिलक्ष्मी भण्डारी, माया बुडा, रश्मी शाक्य, मोविना घिमिरे, बविता थापा गजुरेल, आना आचार्य, प्रतिमा गच्छदार, जश्मिन खनाल, मञ्जु अवाले कर्ण, सम्झना श्रेष्ठ रावत, चोक माया गुरुड., प्रतिमा श्रेष्ठ, एनिका दाहाल, अञ्जना श्रेष्ठ, बिन्दु श्रेष्ठ, सरिता गौतम, पबित्रा आले मगर, सिमरन सिलवाल, बवुना पखाली, सुशिला बुडाथोकी, राधिका सापकोटा, स्विटी मानन्धर, लालमती थापामगर, रेशु श्रेष्ठ, सविना दुलाल लामिछाने र अञ्जली श्रेष्ठ गरी ३१ प्रतिस्पर्धिहरुले अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन् ।

त्यसै गरी मिस टिन टुरिजममा राशि सुबेदी, प्रनिहा जोशी, प्रशंसा पौडेल, अञ्जिता छन्त्याल, सुगन्धा चौधरी, अलिशा राई, सुमेघा लामिछाने, प्रिया मर्हजन, रमिना बिष्ट, संबिदा ओझा, शिला कोजु, मेघना मर्हजन, आश्मा खड्का, सञ्चिता भट्टराई, रिया हरिजन, स्वेता थापा र पुजा गुरुङ गरी १७ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

दुबै प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र बालकृष्ण पोखरेलको संयोजनमा हुँदैछ । दुबै प्रतियोगिताका प्रतियोगिहरुलाई विभिन्न विषयमा तालिम र प्रशिक्षण दिईरहेको इभेन्ट संयोजक पोखरेलले जानकारी गराए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?