अब भ्रमको खेती बढि भयो : प्रधानन्यायाधीश पराजुली

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
अब भ्रमको खेती बढि भयो : प्रधानन्यायाधीश पराजुली

सारांश

  • काठमाडौं, फागुन ७ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।
  • बाल सुधार गृह सानोठिमीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले सत्यताको जागरणका लागि विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यताका प्रतीक रहेको बताउनुभयो।

काठमाडौं, फागुन ७ । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।

बाल सुधार गृह सानोठिमीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले सत्यताको जागरणका लागि विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यताका प्रतीक रहेको बताउनुभयो।

समाजमा आफुलाई अहम र ठुलो ठान्नेहरुले नै असभ्यताको खेति गरिरहेको जिकीर गर्दै प्रधानन्यायाधीश पराजुलीले जो कोही होस् सभ्यतातर्फ उन्मुख हुनलाई अश्लिलता त्याग्नैपर्ने बताउनुभयो । अर्काका बारेमा भ्रामक सूचना सम्रेषण हुन थालेको भन्दै राज्यलाई घचघचाउने संस्थालाई आफ्नो विशेषता आफै नगुमाउन उहाँले आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडियाको आआफ्नो कार्यशैली फरक भएपनि लक्ष्य सत्यको खोजी भएको उल्लेख गर्दै उल्लेख गर्नुभयो । उहाँले कसैलाइ केही लागेको कुरा भन्छ छुट होला तर ति सबै सत्यता र शिष्टतामा आधारित हुनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश पराजुलीले आफु प्रधानन्यायाधीश भएपछि न्यायसम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताउनुभयो । आफु नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समय इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हासिल भएको बताउनुभयो । विगतमा डेढ बर्षसम्म अबरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरु निरन्तर निरुपण भईरहेको, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु लगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाई गरिरहेको बताउनुभयो । तर न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने व्यक्तिहरु निच तरिकाले प्रस्तुत भएर भ्रमको खेति गरिहेको प्रधानन्यायाधीश पराजुलीले बताउनुभयो ।

कार्यक्रममा बाल न्याय समन्वय समितिका अध्यक्ष समेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरेले बालसुधार गृहलाई समयसापेक्षा आधुनिक र न्यायिक बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले न्यायिक काम कारबाहिमा कहिलेकाँही कसैले सोचेजस्तो नहुने भएकाले कुनै अमुक विषयलाई लिएर नउचाल्न आग्रह गर्नुभयो ।

नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर सुधार गृहमा विभिन्न किसिमका शिक्षा प्रदान गर्ने गरेको छ । बालगृहलाई युसेफ नामक गैरसरकारी संस्थाले व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?