३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १५, २०७७
|
|
३६ पटक हेरिएको
Shares
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते

सारांश

  • पुर्व पश्चिम लोकमार्ग स्थित कोेशी ब्यारेजको नहरको बाटोमा ३ जना सवार मोटरसाईकल आज बिहान दुर्घटना भएको छ ।
  • बिग्रेर राखेको पुरानो रोलरमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ३ जना सवार स.
  • ३ प.

पुर्व पश्चिम लोकमार्ग स्थित कोेशी ब्यारेजको नहरको बाटोमा ३ जना सवार मोटरसाईकल आज बिहान दुर्घटना भएको छ । बिग्रेर राखेको पुरानो रोलरमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ३ जना सवार स. ३ प. ३०४७ न.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय शिव कुमार मुखिया, सोहि मोटरसाइकलमा पछाडी सबार २० वर्षीय राम कुमार मुखिया र २५ वर्षीय राम अवतार खंङ घाईते भएका थिए ।

उनीहरुको बिराटनगर गोल्डेन अस्पतालमा उपचार भैरहेकोमा चालक शिव कुमार मुखियाको राती ८ः३० बजे मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । उक्त शव पोष्टमार्टमको लागी कोशी अस्पताल बिराटनगरमा राखेको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलिले स. ३ प. ३०४७ न.को मो.सा.नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?