४० वर्षदेखि फरार अभियुक्त पक्राउ
सारांश
- वेसीशहर, लमजुङ, ४ असोज ः चालिस वर्षदेखि फरार अभियुक्तलाई लमजुङ प्रहरीले आज पक्राउ गरेको छ ।
- राइनास नगरपालिका (साविक राइनास मोहोरियाकोट गाविस–४ का रेपबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
- थापालाई २०३४ साल पुस ९ गते स्थानीय भोजबहादुर थापाको हत्या गरेको अभियोगमा जिल्ला अदालत लजमजुङले कर्तव्य ज्यान मुद्दामा १० वर्षको जेल सजाय फैसला गरेको थियो ।
वेसीशहर, लमजुङ, ४ असोज ः चालिस वर्षदेखि फरार अभियुक्तलाई लमजुङ प्रहरीले आज पक्राउ गरेको छ ।
राइनास नगरपालिका (साविक राइनास मोहोरियाकोट गाविस–४ का रेपबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापालाई २०३४ साल पुस ९ गते स्थानीय भोजबहादुर थापाको हत्या गरेको अभियोगमा जिल्ला अदालत लजमजुङले कर्तव्य ज्यान मुद्दामा १० वर्षको जेल सजाय फैसला गरेको थियो । अभियुक्तले सोही समयमा भोजबहादुरको साथबाट रु २६० लुटेर भिरबाट धकेलीदिएर फरार भएका थिए ।
थापालाई कर्तव्य ज्यान मुद्दामा २०३७ साल पुस ९ गते जिल्ला अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो । त्यसबेला उनी सोही अदालतमा कार्यलय सहयोगी थिए ।
पक्राउपछि पूर्व फैसलाअनुसार थापालाई आजै जेल चलान गरिएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया