शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिश
सारांश
- काठमाडौं, १५ असोज ।
- सरकारले परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
- आज बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिव नियुक्त गरेको हो ।
काठमाडौं, १५ असोज । सरकारले परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिव नियुक्त गरेको हो ।
मुख्यसचिवमा राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूतका लागि सिफारिश भएका छन् । उनले आजै राजीनामा दिएका थिए । ३ कात्तिकमा सेवानिवृत्त हुने भएपनि वैरागीलाई मुख्यसचिव बनाउन उनको राजीनामा आएको हो ।
यसैगरी पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिश भएका छन् । खतिवडा तीन हप्ता अघि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक मामला विशेष सल्लाहकार नियुक्त भएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया