५० यात्रु बोकेको बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
५० यात्रु बोकेको बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु

सारांश

  • नयाँदिल्ली, माघ  १६ ।
  •   भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
  • पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

नयाँदिल्ली, माघ  १६ ।  भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो ।

“बसले ५० जना यात्रु बोकेको थियो, जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको,” एक वरिष्ठ प्रहरी अधिकृतले बताए ।

उनले थपे, “चालकले अर्को सवारी साधनसँग ठक्कर खानबाट बचाउन गाडीलाई अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस बारमा ठोक्किन पुगेको हो ।”

महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु छ जना पौडिएर बाहिर निस्केका प्रहरीले बताएको छ ।

घाइतेहरुलाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?