“लगानीकर्ताको प्रभावबाट संचार माध्यम संचालन भए : मुख्यमन्त्री पोख्रेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
४२ पटक हेरिएको
Shares
“लगानीकर्ताको प्रभावबाट संचार माध्यम संचालन भए : मुख्यमन्त्री पोख्रेल

सारांश

  • माधव बेल्वासे  कपिलवस्तु (चन्द्रौटा) माघ ११,  प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखे्रलले लगानीकर्ताको प्रभावमा संचारमाध्यमहरु रहेको टिप्पणी गरेका छन  ।
  • कमाएको पैसा मिडियामा लगानी लगाए आफु सुरक्षीत हुने आशमा लगानी गर्नेहरु जमात धेरै रहेको वताए ।
  • संचारमाध्यमहरु पनि लगानीकर्ताको प्रभावमा परेकोले त्यसमा पत्रकार माहासंघको ध्यान जान जरुरी रहेको जनाए ।

माधव बेल्वासे 
कपिलवस्तु (चन्द्रौटा) माघ ११, 
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखे्रलले लगानीकर्ताको प्रभावमा संचारमाध्यमहरु रहेको टिप्पणी गरेका छन  । कमाएको पैसा मिडियामा लगानी लगाए आफु सुरक्षीत हुने आशमा लगानी गर्नेहरु जमात धेरै रहेको वताए । संचारमाध्यमहरु पनि लगानीकर्ताको प्रभावमा परेकोले त्यसमा पत्रकार माहासंघको ध्यान जान जरुरी रहेको जनाए ।
अर्घाखाँचीको शितगंगा नगरपालिका जलुकेमा शुक्रवार आयोजित एक प्रादेशिक संचार सम्मेलनको उद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले यस्तो वताएका हुन । सरकारले संचार माध्यक र पत्रकारहरुलाई एक मुख्य अंगको रुपमा हेरेको वताउदै यथार्र्त सत्यतथ्य समाचारहरु सम्प्रेसण गर्नुपर्ने जनाए ।
मुख्य मन्त्री पोख्रेलले भरखरै जारी भएको देवानी आचार संहिताको अन्तरवस्तुमाथि वहस गर्न छोडेर बामपन्थी सरकारले प्रेस स्वतन्त्रता अपहरण गर्न लागेको भन्दै राजनितिकरण  गर्न खोजिएको जनाए । संहिता निर्माणमा  सवै दलको मुख्य भूमिका रहेको वताउदै अहिलेको सरकारलाई आरोप लगाउने गरि आएको वहस पूर्वाग्रही भएको आरोप लगाए । आधारभुत मुल्यहरु भित्र प्रेसको  स्वतन्त्रता एउटा महत्वपुर्ण अंगको रुपमा कायम हुनुपर्ने मान्दै आएका छौ उनले भने ।
देशका राष्ट्रिय मिडियाहरु प्रकाशित समाचारहरुको सन्तुलन कायम हुन सके नसकेको वारेमा पत्रकार महासंघले गहन रुपमा वुझन आवश्क रहेको ठहर गरे । मिडिया वाट अलग गरे लोकतन्त्र अपुर्ण हुने जनाए ।मिडियाहरु मजुवत नहुदा अझै पनि वास्तविक कुराहरु भित्र लुकेको जनाए । संचार माध्यममा विज्ञापनको कारण ले गर्दा समाचारमा अंकुश लागेको वताए । मुख्यमन्त्री पोख्रेलले गलत कामको वारेमा समाचार लेखेमा विज्ञापन आउदैन भन्ने डरले आलोचना नै गर्न छोडने खालको प्रवृति वाट मुक्त हुनुपर्नेमा जोड दिए ।  प्रेसलाई जिम्मेवार,सक्षम,प्रभावशालि बनाउने सन्र्दभमा प्रदेश सरकार छलफल गर्न तयार रहेको जनाए । पत्रकार माहासंघलाई आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता समेत पोख्रेलले जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अन्य क्षेत्रले संघीयताको उपयोग गरिरहेको भए पनि पत्रकारिता क्षेत्रमा अझै संघीयता नआएको जनाए  । सरकारी संचार माध्यम र अन्य ठूला संचारमाध्यमहरु प्रादेशिक संरचनामा आए मात्रै घर आगनमै सेवा पाईने वताउदै यसका लागी नेपाल पत्रकार महासंघले आवाज उठाईरहेको अध्यक्ष आचार्यको भनाई छ । नेपाल पत्रकार महासंघ नागरिकहरुको समेत विश्वास पात्र वन्दै गएको वताउदैका संरचनालाई अझै जनमुखी वनाउने गरि काम भईरहेको अध्यक्ष आचार्यको जनाए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिमा अध्यक्ष गंगाधर पराजुलीले कानूनी रुपमा पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुखद रहेको वताउनु भयो  । कानूनको शासनमा कानून सवैले मान्नु पर्ने तर्क गर्दै आफुले संचालन गरेको मिडियामा कार्यरत पत्रकार र कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक दिनु संचार माध्यमको कर्तव्य हो अध्यक्ष पराजुलीले भने ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ ले आयोजना गरेको प्रादेशिक संचार सम्मेलन भोली सम्म चल्ने आयोजकले जानकारी दिएका छन । सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष र सचिव, प्रदेश समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?