राजीनामा दिने तयारीमा स्वर्णिम वाग्ले

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
राजीनामा दिने तयारीमा स्वर्णिम वाग्ले

सारांश

  • काठमाडौं, फागुन ६ ।
  • प्रधानमन्त्री केपी ओलीसँग भेट भएसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.
  • स्वर्णिम वाग्लेले राजीनामा दिने तयारी गरेका छन् ।

काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी ओलीसँग भेट भएसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामा दिने तयारी गरेका छन् ।

ओलीसँग भेट भएको खण्डमा आजै वाग्लेले राजीनामा दिने तयारीमा रहेको स्रोतले जनाएको छ । वाग्ले गत साउन १९ गते उपाध्यक्षमा नियुक्त भएका हुन् ।

काँग्रेस नेतृत्वको सरकार गठनसँगै वाग्ले उपाध्यक्षमा नियुक्त भएका थिए । वाग्लेको कार्यकाल साढे ६ महिनाको रह्यो ।

राजनीतिक नियुक्ति रहने यो पदमा सो अघि माओवादी नेतृत्वको सरकारबाट डा. मिनबहादुर श्रेष्ठ उपाध्यक्ष थिए ।

कांग्रेस र माओवादीले आलो पालो सरकार सञ्चालन गरेसँगै उपाध्यक्षमा पनि आलोपालो राजनीतिक नियुक्ति भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?