६ घण्टा १ मिनेटमा सगरमाथा पुगे मिङ्मा, बन्यो नयाँ कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
६ घण्टा १ मिनेटमा सगरमाथा पुगे मिङ्मा, बन्यो नयाँ कीर्तिमान

सारांश

  • आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान रचेका छन् ।
  • संखुवासभाका शेर्पाले जेठ १३ गते ६ घण्टा १ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका हुन् ।
  • मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पायोनियर एड्भेन्चरले शेर्पाले सगरमाथा र चौथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औपचारिक जानकारी गराएको हो ।

आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान रचेका छन् । संखुवासभाका शेर्पाले जेठ १३ गते ६ घण्टा १ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका हुन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पायोनियर एड्भेन्चरले शेर्पाले सगरमाथा र चौथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औपचारिक जानकारी गराएको हो ।

यसअघि निर्मल पुर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको आरोहण गरेका थिए ।
पत्रकार सम्मेलनमा शेर्पाले नेपालीको सहयोगमा विदेशीले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको बताए ।

संखुवासभाको मकालु गाउँपालिका–२ का शेर्पाले सगरमाथाको पाँचपटक सफल आरोहण गरिसकेका छन् । उनले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धौलागिरि हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?