राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • लहान, ६ माघ ।
  • नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ ।
  • एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

लहान, ६ माघ । नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ ।

एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । सोअनुसार सिरहाबाट रामचन्द्र यादव, जया घिमिरेसहित १३, सप्तरीबाट सुमनराज प्याकुरेल, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, भोला साहसहित १२, पर्साबाट प्रभु हजरा र निर्मला देवकोटासहित ११ जनाको नाम सिफारिश गर्ने निर्णय भएको छ ।

यसैगरी रौतहटबाट रोहित पासवान, बिना साहसहित पाँच, सर्लाहीबाट कमलादेवी महतो, रेवती पन्त, सुरेन्द्र लामासहित पाँच, बाराबाट दिनेशकुमार राय, पुरुषोत्तम पौडेलसहित चार र महोत्तरीबाट रामदयाल मण्डलसहित चार जनाको नाम सिफारिश भएको छ । सिफारिश गरिएकाबाट एमालेले छनोट गरी एमाले र माओवादी केन्द्रको कार्यदल बैठकले अन्तिम रुप दिने बताइएको छ ।

हरेक प्रदेशबाट तीन महिला, तीन अन्य, एक दलित र अपांग वा अल्पसंख्यकबाट एक जना निर्वाचित हुनेछन् । यसैगरी राष्ट्रियसभा निर्वाचनको तयारीका लागि माओवादीसँग समन्वय गरी प्रदेश नं २ मा मतदाताबीच भेला राखिने निर्णय भएको एमाले प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए ।

सोअनुसार सर्लाही, धनुषा र महोत्तरीका मतदाताको भेला यही माघ ११ गते जनकपुर, बारा, पर्सा र रौतहटको माघ १२ गते बारा तथा सप्तरी र सिरहाको माघ १३ गते लहानमा भेला गरिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?