गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा

सारांश

  • काठमाडौं, १९ पुस ।
  • नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ ।
  • विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने उक्त उद्योगलाई कारवाही गरेको हो ।

काठमाडौं, १९ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने उक्त उद्योगलाई कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताउनुभयो । कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको विभागले जनाएको छ ।

कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको बताउँदै गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने महानिर्देशक पुडासैनीको भनाई छ । विभागले हालसम्म देशभरका ६० वस्तुमा २ सय ५० उद्योगबाट उत्पादित ३ सय ६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणका कारण अहिलेसम्म १ लाख ४५ हजारको मृत्यु
कोरोना संक्रमणका कारण अहिलेसम्म १ लाख ४५ हजारको मृत्यु
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
गृहजिल्लामा पछाडी परे शेरबहादुर, ४ सय ६६ मतले भट्ट अगाडी
गृहजिल्लामा पछाडी परे शेरबहादुर, ४ सय ६६ मतले भट्ट अगाडी
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
गर्मीमा छालाको सुरक्षा कसरी गर्ने ? भिडियो सहितको टिप्स यस्तो छ ।
गर्मीमा छालाको सुरक्षा कसरी गर्ने ? भिडियो सहितको टिप्स यस्तो छ ।
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
घरदैलोमै नापी र मालपोत सेवा: थप चार स्थानीय तहमा सेवा विस्तार, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
घरदैलोमै नापी र मालपोत सेवा: थप चार स्थानीय तहमा सेवा विस्तार, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
कस्तो रहला आइतबार देशभरको मौसम?
मञ्चमा उभिएर सभामुख महराले फोटो खिचेपछि…
मञ्चमा उभिएर सभामुख महराले फोटो खिचेपछि…