८० जना जिल्ला न्यायाधीशको विवाद संवैधानिक इजलासमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
८० जना जिल्ला न्यायाधीशको विवाद संवैधानिक इजलासमा

सारांश

  • काठमाडौँ – सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ ।
  • २ वर्षअघि जिल्ला अदालतका लागि न्यायाधीश नियुक्ति भएका थिए ।
  • उनीहरु विरुद्ध रिट परेको थियो ।

काठमाडौँ – सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । २ वर्षअघि जिल्ला अदालतका लागि न्यायाधीश नियुक्ति भएका थिए । उनीहरु विरुद्ध रिट परेको थियो । सर्वोच्चको पूर्ण इजलासले मुद्दा संवैधानिक इजलासमा पठाएको हो ।

न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहिबार उच्च अदालतलको ८० न्यायाधीशको नियुक्तिका विषयमा गम्भीर संवैधानिक जटिलता देखिएको हुँदा संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको हो ।

न्याय परिषद्ले उच्च अदालतका लागि २०७३ पुस २९ गते उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । दुई वर्षअघि नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेललगायतले यस सन्दर्भमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?