६० श्रीमतीका एक्ला राजा श्रीमान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
६० श्रीमतीका एक्ला राजा श्रीमान

सारांश

  • कतिपय मानिसले एउटै श्रीमतीको त मन बुझाउन नसकेर भौतारिने गरेको देख्न पाइने हाम्रो समाजमा दुईटी श्रीमती मिलाएर राख्ने कुरा त पक्कै सजिलो हुँदैन ।
  • तर यही दुनयाँमा यस्ता पनि पुरुष छन, जसले २ जना मात्रै नभएर ६० वटी श्रीमतीलाई मिलाएर राखेका छन् ।
  • यो एकदमै सत्य घटना हो ।

कतिपय मानिसले एउटै श्रीमतीको त मन बुझाउन नसकेर भौतारिने गरेको देख्न पाइने हाम्रो समाजमा दुईटी श्रीमती मिलाएर राख्ने कुरा त पक्कै सजिलो हुँदैन ।

तर यही दुनयाँमा यस्ता पनि पुरुष छन, जसले २ जना मात्रै नभएर ६० वटी श्रीमतीलाई मिलाएर राखेका छन् । यो एकदमै सत्य घटना हो ।

यो जमानामा पनि ६० वटी श्रीमती हुनु निकै हास्यास्पद र अनौठो कुरा हो । तर, यहाँ ती व्यक्तिले त ६० वटीलाई नै ठीकठाक मिलाएर राखेका छन् ।

ती व्यक्ति भारत र म्यान्मारको बीचमा पर्ने आदिवासी क्षेत्रमा बसोबास गर्ने कोन्याक आदिवासी समुदायका एक राजा हुन् । ६ अंग नगोवांग नामका ती राजाको राज्यमा कूल ७५ वटा गाउँ छन् ।

खबरअनुसार गाउँको आधा हिस्सा भारतमा पर्छ भने आधा हिस्सा भने म्यान्मारमा पर्छ । उक्त राज्यका मानिस बेलुका म्यान्मारमा खाना खान्छन् र सुत्न भने भारत पुग्ने गर्छन् ।

बताइएअ नुसार यी राजाका छोरा म्यान्मारको सेनाका जागिरे हुन् । यो राज्यका मानिसलाई भारत र म्यान्मार दुवै देशको नागरिकता वितरण गरिएको छ । यो पनि एक नयाँ कुरा नै हो ।

उनै राजा अंग नगोवांग अहिले पनि आफ्नी ६० जना श्रीमतीसँगै बसिरहेका छन् । उनले ६० वटै श्रीमीतको सुखभोग पनि लिइरहेका छन् ।

अझ गजबको करा त यो छ कि, त्यस ठाउँका मानिसले राजाको काम आफैं गरिदिन्छन् । राजाले कुनै काम गर्नु पर्दैन । यतिसम्म कि, ती राजाका ६० वटी पत्नीको हेरचाह पनि जनताले गर्दै आएका छन् । एजेन्सी

विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु
लन्डनको व्यस्त हिथ्रो एयरपोर्टमा एक व्यक्ति केन्या एयरवेजको विमानको ल्यान्डिङ गीयरको कम्पार्टमेन्ट बाट खसेर ज्यान गएको छ ।

मृत व्यक्ति विमानको ल्यान्डिङ गीयरको कम्पार्टमेन्टमा लुकेर यात्रा गररहेको प्राप्त जानकारीका अनुसारमा उल्लेख गरिएको छ । एयरपोर्टमा विमान उत्रनुपूर्व नै उनी बिमानबाट खसेका थिए ।उनको शव लन्डनको एक बगैचाम मिलेको थियो ।

बेलायती अधिकारीका अनुसार उक्त व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ । उनी कुनै विमानको ल्यान्डिङ गीयर कम्पार्टमेन्टबाट तल झरेको हुन सक्ने बताइएको छ ।

यो कम्पार्टमेन्टबाट एक ब्याग, पानीको बोतल तथा केही खानेकुराको सामग्री पाइएको थियो । गरिबी तथा खराब अवस्थाका कारण पछिल्ला वर्षहरुमा अफ्रिकी देशका कैयौ नागरिकहरु विमानमा लुकेर युरोप तथा अमेरिका पुग्ने प्रयास गर्दै आएका छन् ।

यसै वर्ष एरिकको लागोसबाट जोहानेसबर्ग उडानमा पनि एक शव पाइएको थियो ।२०१६ मा लागोसबाट न्यूयोर्क जादै गरेको एयर जेटको एक विमानको अन्डरक्यारिजमा एक शव पाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?