​हिरोबाट जिरो बन्दै कुलमान–जनार्दन : टेन्डरबिन बल्ब काण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०७४
|
|
२९६३ पटक हेरिएको
Shares
​हिरोबाट जिरो बन्दै कुलमान–जनार्दन : टेन्डरबिन बल्ब काण्ड

सारांश

  • लोडसेडिङ हटाएर जनताको मन जितेको नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री जनार्दन शर्मा पनि कमिसनको लोभमा फसेका छन् ।
  • २ करोड वटा एईडी बल्व खरिदका लागि उनीहरुले करिब डेढ अर्ब भ्रष्टाचार गर्न लागेको खुलेको छ ।
  •   लोडसेडिङ हटाउन भन्दै प्राधिकरणले भारतको इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेडसँग बल्व खरिद गर्न लागिएको हो ।

लोडसेडिङ हटाएर जनताको मन जितेको नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री जनार्दन शर्मा पनि कमिसनको लोभमा फसेका छन् । २ करोड वटा एईडी बल्व खरिदका लागि उनीहरुले करिब डेढ अर्ब भ्रष्टाचार गर्न लागेको खुलेको छ ।  लोडसेडिङ हटाउन भन्दै प्राधिकरणले भारतको इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेडसँग बल्व खरिद गर्न लागिएको हो । बिना प्रतिस्पर्धा उक्त कम्पनीसँग प्रतिबल्व ६५ भारुको दरले खरिद गर्न लागिएको छ । जबकी उक्त कम्पनीले ४० भारुको दरमा एलईडी बिक्रि गर्दै आएको छ ।  प्राधिकरणले आफैं निर्णय गर्न सक्ने भएपनि त्यससम्बन्धमा मन्त्रीपरिषद्बाट स्वीकृती गराइएकोमा यसमा भ्रष्टाचार गर्न लागिएको प्रष्ट भएको हो । मन्त्रीपरिषद्ले गरेको निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न नसक्ने प्रावधान छ । त्यहीकारण भ्रष्टाचारबाट बच्नलाई जनार्दन र कुलमानले उक्त तरिका अपनाएको प्रष्ट छ ।  त्यसरी बल्व खरिदमा ठुलो भ्रष्टाचार हुन लागेको भन्दै मुख्यसचिव डा.सोमलाल सुवेदीले करिब एक महिना उक्त प्रस्ताव रोकेका थिए । तर, कमिसनको जालो प्रधानमन्त्रीसम्म पुगिसकेकाले उक्त प्रस्ताव रोक्न सकेनन् । गत बिहिबारको मन्त्रीपरिषद्को बैठकले बल्व खरिद गर्ने निर्णय ग¥यो । एलईडि बल्व खरिद गर्दा आगामी वर्ष बिद्युत् बचत हुने भन्दै प्राधिकरणले आफैं किनेर बेच्न लागेको हो । छिटो काम गर्न भनेर त्यसरी सिधैं कम्पनीसँग किन्न लागेको बताइएको छ । जबकी भर्खर वर्षा सुरु भएको हो । हिउद महिना आउन अझै ६ महिना बाँकी छ । तर, सार्वजनिक खरिद ऐनअनुसार किन्दा केही महिना लाग्ने त्यतीबेलासम्म आफु सरकारका नरहन सक्ने भएकाले मन्त्री शर्माले सिधैं कम्पनीसँग खरिद गर्न लागेका हुन् ।  लोडसेडिङ हटाएपछि दुवै निकै जना लोकप्रिय भएका थिए । त्यही लोकप्रियताका कारण उनीहरु मात्तिएर कमिसनको चक्करमा लागेको उर्जा मन्त्रालयका एक अधिकारी बताउछन् ।

 

श्रोतको दृष्टि साप्ताहिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?