संविधान संशोधनको माग बोकेर राजपाका नेताहरु बालुवाटार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
३० पटक हेरिएको
Shares
संविधान संशोधनको माग बोकेर राजपाका नेताहरु बालुवाटार

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन् ।
  • राजपाका नेताहरु सँग हिजो साँझ बालुवटारमा भएको भेटमा प्रधानमन्त्रीको तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रस्ताव छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन् । राजपाका नेताहरु सँग हिजो साँझ बालुवटारमा भएको भेटमा प्रधानमन्त्रीको तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रस्ताव छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्रीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिए । “हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुनविचार गर्नुहोस्” प्रधानमन्त्री ओलीले भने, “संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौं ।”

प्रधानमन्त्रीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताए ।
सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराइका जनतालाई मुक्त पार्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । “यी सबै समस्या समाधानका लागि राजनीतिक रुपमा योजना बनाऔं र कार्यान्वयन गरौं” प्रमले भने ।

राजपामा नेताहरुले तराइको बाढी, दुईबर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्दा, तराइको विकास, मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका बिषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

छलफलमा नेताहरु मह्न्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राययादव, राजकिशोर यादव, केशव झा बालुवटार पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो
निर्मला हत्याकाण्ड : डिएनए नमिल्दा परीक्षणमाथि नै शंका
निर्मला हत्याकाण्ड : डिएनए नमिल्दा परीक्षणमाथि नै शंका
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै

तपाईंले छुटाउनुभयो कि?