विष्णुमति र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
विष्णुमति र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या

सारांश

  • काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए पनि कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
  • गत वैशाखमा निर्माण भएको नयाँ बसपार्क्स्थित विष्णुमति करिडोर अहिलेसम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई धूलोले सताउन छाडेको छैन ।

काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए पनि कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

गत वैशाखमा निर्माण भएको नयाँ बसपार्क्स्थित विष्णुमति करिडोर अहिलेसम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई धूलोले सताउन छाडेको छैन । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष विष्णु पोखरेलले कालोपत्र नहुँदा आफूहरु धुलोमा दैनिकी बिताउन बाध्य भएको बताउनुभयो ।
नयाँ बसपार्क पुलदेखि बालाजु पुलसम्म करिडोर विस्तार भए पनि अहिलेसम्म कालोपत्र भएको छैन । उक्त करिडोर कालोपत्र भए माछापोखरी, बालाजुचोक, बाइपास क्षेत्रको सवारी जाममा कमी आउनेछ । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने नयाँ बसपार्क क्षेत्रमा धूलोका कारण यात्रुलाई समस्या हुँदै गएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ट्राफिक प्रहरीको नेतृत्वमा खोलिएका करिडोरमध्ये बालकुमारी करिडोर र विष्णुमती करिडोर कालोपत्र गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

हालसम्म धोबिखोला, रातोपुल, कालोपुल, भत्केको पुल, करिडोर कालोपत्र भइसकेको छ भने बालकुमारी र विष्णुमती करिडोर कालोपत्र गर्न बाँकी छ । करिडोर विस्तार र ग्राभेलको काम काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरे पनि कालोपत्र कसले गर्ने भन्ने स्पष्ट भइसकेको छैन ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त दिलीप भण्डारी उक्त करिडोर कालोपत्रको जिम्मा अधिकार सम्पन्न बागतमी सभ्यता एकीकृत विकास समितिले लिएको बताउनुहुन्छ । उक्त समितिले हाल उपत्यकाका विष्णुमति नदी, नख्खु खोला, धोबी खोला, बल्खु खोला, बागमती खोला, हनुमन्ते खोला, मनहरा खोला, कर्मनाश खोला र महादेव खोलाको सभ्यता कायम राख्ने खोलाको किनारामा बाटो निर्माण गर्ने जिम्मा लिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको बढ्दो यातायातसँगै सडक विस्तारलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

“टोखा, बानियाटार, नयाँ बसपार्क, बालाजु, शोभा भगवती हुँदै कालिमाटी निस्कने विष्णुमती करिडोर चाँडै निर्माण भए चक्रपथ क्षेत्रको आधा ट्राफिक जाम कम हुन्छ,”–उहाँ भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले करिडोर निर्माणसँगै उपत्यकाको सवारी जाममा कमी आउने भएकाले सोका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको जनाउनुभयो ।
यातायात व्यवस्था विभागका अनुसार हाल झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
ऊर्जामन्त्रीलाई यसरी सुनाउनुस प्रत्यक्ष आफ्नो गुनासो र समस्या
ऊर्जामन्त्रीलाई यसरी सुनाउनुस प्रत्यक्ष आफ्नो गुनासो र समस्या
यस्तो छ वाम गठबन्धनको अबको रणनीति
यस्तो छ वाम गठबन्धनको अबको रणनीति
वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि : रिपोर्ट सहित
वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि : रिपोर्ट सहित
थाई एयरले पुनः थाल्यो काठमाडौं-बैंकक उडान
थाई एयरले पुनः थाल्यो काठमाडौं-बैंकक उडान
प्रधानमन्त्री ओली पार्टी फुटाउन सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा
प्रधानमन्त्री ओली पार्टी फुटाउन सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा
संघीय सरकारले प्रदेश सरकारलाई काम गर्नै दिएन : मन्त्री राय
संघीय सरकारले प्रदेश सरकारलाई काम गर्नै दिएन : मन्त्री राय
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?