नेपाल एएफसी यू–१९ च्याम्पियनसिपको छनोट चरणबाटै बाहिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
नेपाल एएफसी यू–१९ च्याम्पियनसिपको छनोट चरणबाटै बाहिर

सारांश

  • काठमाडौं.
  • १९ कार्तिक।
  • लगातार तेस्रो हार बेहोरेपछि नेपाल एएफसी यु–१९ च्याम्पियन्ससिप छनोटबाट बाहिरिएको छ।

काठमाडौं. १९ कार्तिक। लगातार तेस्रो हार बेहोरेपछि नेपाल एएफसी यु–१९ च्याम्पियन्ससिप छनोटबाट बाहिरिएको छ। अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यु–१९ च्याम्पियनसिपको छनोटका लागि किर्गिजस्तान पुगेको नेपाल आफ्नो समूह एको सुरुवाती तीनै खेल गुमाउँदै छनोट प्रतियोगिताबाट बाहिरिएको हो। नेपाल तेस्रो खेलमा युएईसँग १–० ले पराजित भएको हो । नेपालले छनोट प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली किर्गिस्तानसँग २–० तथा दोस्रो खेलमा बहराइनसँग ४–० को खराब नतिजा निकालेको थियो । शीर्ष दुई स्थानको आशा जीवित राख्न नेपालले युएईलाई हराउनैपर्ने अवस्था थियो।

नेपाली टोलीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले युएईविरुद्ध तुलनात्मक रूपमा रक्षात्मक रणनीति अपनाएका थिए । छिरिङको रणनीति पहिलो हाफमा सफल भयो । तर, मध्यान्तरपछि उनको रणनीति असफल देखियो । दोस्रो हाफमा नेपालका डिफेन्डरले लगातार गल्ती गरेपछि नेपाल १–० ले पछि प¥यो । खेलको ७२औँ मिनेटमा युएईको काउन्टर एट्याक्टलाई नेपालका डिफेन्डरले विफल पार्न सकेनन् । खालफान हसन अल हमादीले नेपालको कमजोर डिफेन्स रणनीति फाइदा लिँदै युएईलाई १–० को अग्रता दिलाए ।

प्रतिस्पर्धाको अन्तिम समयमा नेपाललाई बराबरी गोल फर्काउने सुनौलो अवसर प्राप्त भएको थियो । तर, मिडफिल्डर अभिषेक रिजालले पेनाल्टी गोल गर्न नसक्दा नेपालले युएईलाई १–० को नतिजा सुम्पियो । अभिषेकको प्रहारलाई युएईका गोलरक्षकले सानदार बचाउ गरेका थिए । युएईका गोलरक्षकले वान भर्सेस वानको अवस्थामा नेपाली खेलाडीलाई लडाएपछि पेनल्टीको मौका पाएको थियो ।

अन्तिम इन्जुरी समयमा पनि नेपालबाट गोल नहुँदा युएईले महत्वपूर्ण तीन अंक जोड्यो। नेपाललाई हराएको युएई अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। प्रतियोगिताको विजेताले छनोटमा स्थान बनाउनेछ। उत्कृष्ट उपविजेता पनि अन्तिम चरणमा छनोट हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
Web based Virtual Info Rooms
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
मधेशी गठबन्धनसँग भएको सहमति उपलब्धिमूलक
मधेशी गठबन्धनसँग भएको सहमति उपलब्धिमूलक
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
भुटानसँग पाँच वर्षमा रु एक खर्ब व्यापार घाटा
भुटानसँग पाँच वर्षमा रु एक खर्ब व्यापार घाटा
करमा छुटै छुट
करमा छुटै छुट