नेपाल भर्सेस यूएईः नेपालको स्कोर १०० पुग्यो (लाइभ भिडयो सहित)
सारांश
- काठमाडौं ।
- यूएईमा जारी नेपाल र यूएईबीचको खेलमा पहिला ब्याटिंग गरेको नेपालको स्कोर १०० पुगेको छ ।
- १०० रन पुग्दा नेपालले महत्वपूर्ण ८ विकेट गुमाएको छ ।
काठमाडौं । यूएईमा जारी नेपाल र यूएईबीचको खेलमा पहिला ब्याटिंग गरेको नेपालको स्कोर १०० पुगेको छ । १०० रन पुग्दा नेपालले महत्वपूर्ण ८ विकेट गुमाएको छ । अहिले क्रिजमा विशषज्ञ ब्याट्सम्यानका रुपमा आरिफ शेखमात्र छन् । उनलाई सन्दीप लामिछोले साथ दिइरहेका छन् ।
नेपाल र ईएईबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिंग गरेको छ । शून्य रनमा ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले अर्का ओपनर विनोद भणडरीलाई स्कोर १६ पुग्दा गुमाएको छ । यस्तै टीमको स्कोर ४४ पुग्दा कप्तान पारसलाई गुमायो भने, त्यसपछि ४७ रनको स्कोरमा दिपेन्द्र सिंह ऐरी पनि शून्यमा आउट भए । यस्तै नेपालले ७५ रनको स्कोरमा सोमपाल कामीलाई गुमायो । सोमपाल अहिलेसम्म नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले ३० रनको योगदान दिए । यस्तै टीमको स्कोर ७६ रन हुँदा अर्का ब्याट्सम्यान डेब्यूटान्ट पवन सर्राफ पनि ४ रन बनाएर आउट भए ।
लागतार विकेट गुमाएपछि नेपालको अवस्था नाजुक बनेको छ । बल स्वींग गर्दा नेपाली ब्याट्सम्यानहरुलाई खेल्न गाह्रो भइरहेको छ । दबै ओपनरलाई सस्तैमा गुमाएपछि कप्तानले प्रयोग गर्दै बलर सोमपाल कामीलाई चौथो नम्बरमा ब्याटिंगमा उतारेका छन् । उनले केही आकर्षक शर्ट पनि प्रहार गरेका छन् । सोमपाल मध्यक्रमका बलियो ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी र रारिफ शेखभन्दा पहिला ब्याटिंग गरेका हुन् ।
दुबईको आईसीसी एकेडमी मैदानमा जारी खेलमा नेपालले पहिला ब्याटिंग गरिरहेको छ । यूएईका कप्तान मोहम्मद नाभेदले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएका छन् ।
तीन खेलको सीरिज शुक्रबार शुरु भएको हो । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई)को मान्यता पाएपछिको यो दोस्रो सीरिज हो। यसअघि नेपालले नेदरल्याण्डसँग दुई खेलको सीरिज खेलेको थियो । आडिआईपछि नेपालले यूएईसँग तीन खेलको टी ट्वान्टी सीरिज पनि खेल्नेछ ।
यो सीरिज जित्ने टीमले १० हजार दिराम पुरस्कारसमेत पाउनेछ । नेपालले यो खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)को वरीयतामा समेत समावेस हुनेछ । यो समाचार तयार पार्दासम्म नेपालले २२ ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको छ । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल र अर्का ओपनर विनोद भणडरी ५ रन बनाएर आउट भएका छन् । यस्तै कप्तान पारस २० रनमा आउट भए । आजको खेल विनोद भण्डारी र उप कप्तान मल्लले शुरुआत गरेका थिए । अहिले क्रिजमा सन्दीप र आरिफ सेखले ब्याटिंग गरिरहेका छन् । लाईभ भिडयो ।
प्रतिक्रिया