पत्रिका दर्ता नगरेपछि ताण्डव न्युजका सम्पादक पक्राउ
सारांश
- काठमाडौं २,बैशाख।
- सोमबार पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको छ ।
- बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ,उजुरी आएकाले केन्द्रीय अनुसन्धान ब्युराेको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।
काठमाडौं २,बैशाख। सोमबार पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको छ ।बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ,उजुरी आएकाले केन्द्रीय अनुसन्धान ब्युराेको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।
गिरीले गत शुक्रवार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतास विरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए। जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन्।
सिआइबीका डिआइजी निरज शाहीका अनुसार उनी सम्पादक रहेकाे अनलाइन दर्ता नभएकाे कारण उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया